विराटनगर । भारतको बिहारबाट विराटनगर महानगरपालिका – ५ स्थित मामाघर आएकी बालिकाको शव करेसाबारीमा खाल्डो खनेर गाडेको अवस्थामा फेला परेको छ ।
१४ वर्षीया चाँदनी यादवको शव खाल्डो खनेर गाडिएको अवस्थामा शव फेला परेको हो ।
एकसातादेखि बालिका हराएको सूचना आएपछि शुक्रबार खोजी गरेको प्रहरीले खाल्डो खनेर गाडेको अवस्थामा शव फेला परेको हो । खाल्डोबाट शव निकालेर प्रहरीले पोष्टमार्टमका लागि पठाएको छ ।
हत्यापछि शव गाडेको आरोपमा अनुसन्धानका लागि प्रहरीले मावलीतर्फका हजुरबुबा ५७ वर्षीय सर्जुक मण्डललाई पक्राउ गरेको छ ।
मोरङका डीएसपी वेदप्रकाश जोशीले विराटनगर– ५ घर भएका मृतक बालिका चाँदनीका हजुरबुबा सर्जुकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको बताए ।
उनका अनुसार एक हप्ताअघि हत्यापछि बालिकाको शव गाडेको जस्तो देखिन्छ । शव गाडेको स्थानलाई तोरीको जट्टेले छोपिएको अवस्थामा फेला परेको उनले बताए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,443)
जीवन विकासले बोलायो साधारणसभा (2,411)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,371)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,225)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,583)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)