मामाघर आएकी बालिकाको शव गाडेकाे अवस्थामा भेटियो, हजुरबुबा पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । भारतको बिहारबाट विराटनगर महानगरपालिका – ५ स्थित मामाघर आएकी बालिकाको शव करेसाबारीमा खाल्डो खनेर गाडेको अवस्थामा फेला परेको छ ।

१४ वर्षीया चाँदनी यादवको शव खाल्डो खनेर गाडिएको अवस्थामा शव फेला परेको हो ।

एकसातादेखि बालिका हराएको सूचना आएपछि शुक्रबार खोजी गरेको प्रहरीले खाल्डो खनेर गाडेको अवस्थामा शव फेला परेको हो । खाल्डोबाट शव निकालेर प्रहरीले पोष्टमार्टमका लागि पठाएको छ ।

हत्यापछि शव गाडेको आरोपमा अनुसन्धानका लागि प्रहरीले मावलीतर्फका हजुरबुबा ५७ वर्षीय सर्जुक  मण्डललाई पक्राउ गरेको छ ।

मोरङका डीएसपी वेदप्रकाश जोशीले विराटनगर– ५ घर भएका मृतक बालिका चाँदनीका हजुरबुबा सर्जुकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको बताए ।
उनका अनुसार एक हप्ताअघि हत्यापछि बालिकाको शव गाडेको जस्तो देखिन्छ । शव गाडेको स्थानलाई तोरीको जट्टेले छोपिएको अवस्थामा फेला परेको उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, १८ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.