विराटनगर । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको पदाधिकारीमा विराटनगरका दुई विद्यार्थी नेता निर्वाचित भएका छन् ।
३२ वर्षे उमेर हद लागु भएपछि भएको अखिल क्रान्तिकारीको निर्वाचनमा केन्द्रीय कमिटीको उपाध्यक्ष (मधेशी) अभिमन्यू यादव निर्वाचित भएका हुन् । सचिव (मधेशी)मा अमर मण्डल निर्वाचित भएका हुन् ।
मधेशी उपाध्यक्ष निर्वाचित अभिमन्यूले ५७५ मत प्राप्त गरे । उनका निकटमत प्रतिद्वन्द्वी शिवम साहले ४२९ मत प्राप्त गरे । मधेशी सचिवमा ५२७ मतसहित अमर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी श्याम साहले ३०१ मत प्राप्त गरेका थिए ।
केन्द्रीय सदस्यमा विराटनगरबाट तीन जना निर्विरोध निर्वाचित भएका छन् । विराटनगरबाट सिमान्त लुइँटेल, उमेश सेन्चुरी र स्मृति तिम्सिना निर्विरोध निर्वाचित भएका हुन् ।
अखिल (क्रान्तिकारी)को केन्द्रीय अध्यक्षमा विजय प्रकाश सापकोटा निर्वाचत भएका थिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,443)
जीवन विकासले बोलायो साधारणसभा (2,411)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,370)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,224)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,582)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)