अखिलकाे केन्द्रीय पदाधिकारीमा विराटनगरका दुई विद्यार्थी नेता निर्वाचित

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको पदाधिकारीमा विराटनगरका दुई विद्यार्थी नेता निर्वाचित भएका छन् ।

३२ वर्षे उमेर हद लागु भएपछि भएको अखिल क्रान्तिकारीको निर्वाचनमा केन्द्रीय कमिटीको उपाध्यक्ष (मधेशी) अभिमन्यू यादव निर्वाचित भएका हुन् । सचिव (मधेशी)मा अमर मण्डल निर्वाचित भएका हुन् ।

मधेशी उपाध्यक्ष निर्वाचित अभिमन्यूले ५७५ मत प्राप्त गरे । उनका निकटमत प्रतिद्वन्द्वी शिवम साहले ४२९ मत प्राप्त गरे । मधेशी सचिवमा ५२७ मतसहित अमर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी श्याम साहले ३०१ मत प्राप्त गरेका थिए ।

केन्द्रीय सदस्यमा विराटनगरबाट तीन जना निर्विरोध निर्वाचित भएका छन् । विराटनगरबाट सिमान्त लुइँटेल, उमेश सेन्चुरी र स्मृति तिम्सिना निर्विरोध निर्वाचित भएका हुन् ।

अखिल (क्रान्तिकारी)को केन्द्रीय अध्यक्षमा विजय प्रकाश सापकोटा निर्वाचत भएका थिए ।

प्रकाशित मिति: बिहिबार, १७ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.