संविधान संशाेधन कांग्रेस- एमालेकाे मात्रै विषय हाेइन : डा‍. काेइराला

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेपाली कांग्रस नेता डाक्टर शेखर कोइरालाले संविधान संशोधन नेपाली कांग्रेस र नेकपा एमालेको मात्रै एजेण्डा नभएको बताएका छन् ।

बिहीबार नेपाल डेमोक्याटिक लयर्स एशोसिएसन र पेशागत बुद्धिजिवी विभागले आयोजना गरेको संविधान संशोधन,आवश्यकता र चुनौती विषयक अन्तरक्रियामा बोल्दै डाक्टर कोइरालाले संविधान संशोधन राष्ट्रिय विषय भएकाले कांग्रेस एमालेको मात्रै एजेण्डा नभएको बताएका हुन् ।

संविधान संशोधनको बहसका क्रममा उनले प्रतिनिधिसभामा भएका सिटमध्ये महिलाका लागि ३३ प्रतिशत सिट छुट्याएर सुरक्षित गर्ने विषयमा पनि छलफल गर्न सकिने बताए ।

नेता कोइरालाले संविधान संशोधनका लागि सबै पक्षको सहमती हुनुपर्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८७ सालमा संविधान संशोधन गर्ने भन्दै दिएको प्रतिक्रिया प्रति उनले असन्तुष्टि जनाए ।

‘यहाँ ओलीजीले बहुमत नपुगेर ८७ सालमा संशोधन गर्ने भन्दै हुनुहुन्छ,’ उनले भने,‘ संविधान संसशोधन कांग्रेसको मात्रै एजेण्डा हो र ? एमालेको मात्रै हो र ? त्यसकारण सबैलाई समेटेर अगाडि बढ्नुपर्छ ।’

प्रकाशित मिति: बिहिबार, १७ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.