संविधान संशाेधन कांग्रेस- एमालेकाे मात्रै विषय हाेइन : डा‍. काेइराला

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेपाली कांग्रस नेता डाक्टर शेखर कोइरालाले संविधान संशोधन नेपाली कांग्रेस र नेकपा एमालेको मात्रै एजेण्डा नभएको बताएका छन् ।

बिहीबार नेपाल डेमोक्याटिक लयर्स एशोसिएसन र पेशागत बुद्धिजिवी विभागले आयोजना गरेको संविधान संशोधन,आवश्यकता र चुनौती विषयक अन्तरक्रियामा बोल्दै डाक्टर कोइरालाले संविधान संशोधन राष्ट्रिय विषय भएकाले कांग्रेस एमालेको मात्रै एजेण्डा नभएको बताएका हुन् ।

संविधान संशोधनको बहसका क्रममा उनले प्रतिनिधिसभामा भएका सिटमध्ये महिलाका लागि ३३ प्रतिशत सिट छुट्याएर सुरक्षित गर्ने विषयमा पनि छलफल गर्न सकिने बताए ।

नेता कोइरालाले संविधान संशोधनका लागि सबै पक्षको सहमती हुनुपर्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८७ सालमा संविधान संशोधन गर्ने भन्दै दिएको प्रतिक्रिया प्रति उनले असन्तुष्टि जनाए ।

‘यहाँ ओलीजीले बहुमत नपुगेर ८७ सालमा संशोधन गर्ने भन्दै हुनुहुन्छ,’ उनले भने,‘ संविधान संसशोधन कांग्रेसको मात्रै एजेण्डा हो र ? एमालेको मात्रै हो र ? त्यसकारण सबैलाई समेटेर अगाडि बढ्नुपर्छ ।’

प्रकाशित मिति: बिहिबार, १७ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.