डाक्टार यामबहादुर रोकाले छाडे विराटनगर

Satya Sanchar सत्य सञ्चार

विराटनगर । पूर्वी नेपाल र भारतमा चर्चीत न्युरो सर्जन डाक्टर यामबहादुर रोकाले विराटनगर छाडेका छन् ।

५२ वर्षीय डाक्टर रोका १५ वर्षदेखि विराटनगरको न्युरो अस्पतालमा कार्यरत थिए । विराटनगरमा बसेर पूर्व क्षेत्रमा ‘ब्राण्ड’ स्थापित गरेका न्युरो सर्जरी सेवा विस्तारका गरेका रोकाले विराटनगर छाडेका हुन् । रोकाले अब पोखराको गण्डकी मेडिकल कलेजमा न्युरो सर्जरीको प्रोफेसरको रूपमा काम गर्नेछन् ।

नेपाल न्युरो सर्जरी समाजको अध्यक्ष समेत रहेका उनी काठमाडौं बाहिर पहिलोपटक न्युरो सर्जरी सेवा विस्तार गर्न विशेष योगदान दिने चिकित्सकमा पर्छन् ।

‘म पूर्व आउँदा नसा र टाउकोको समस्या भएका सबै बिरामी काठमाडौं र भारत जानुपर्ने बाध्यता थियो’ डा‍क्टर रोकाले भने, पहिलोपटक न्युरो सर्जरी सेवा सुरु गर्न निक्कै मिहिनेत गर्नु परेको थियो । अहिले त्यस्तो समस्या छैन ।’

‘अब आफ्नै गाउँ घरतिर सेवा गर्नुपर्छ भन्ने लाग्यो । त्यही भएर विराटनगरबाट बिदा लिँदैछु,’ उनले भने ।

उनी भारतको बनारस हिन्दु विश्वविद्यालयबाट एमबीबीएस तथा भारतबाटै मास्टर्स एन्ड सर्जरी (एमएस) अध्ययन गरेर नेपाल आएका हुन् ।

डा. रोकाकी पत्नी नारायणी रोका पनि नेत्ररोग विशेष हुन् । उनी पोखराको हिमालय आँखा अस्पताल कार्यरत छिन् ।

विराटनगरमा न्युरो सर्जरी सेवा विस्तार गर्न योगदान गरेका राेकालाई बुधबार विराट शिक्षण अस्पताल र विराट नर्सिङ होमले संयुक्त रूपमा विशेष सम्मान गरेको छ । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङ र अस्पतालका सञ्चालक एवं अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले संयुक्त रूपमा कदरपत्रसहित उनलाई सम्मान गरेका हुन् ।

प्रकाशित मिति: बुधबार, १६ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.