डाक्टार यामबहादुर रोकाले छाडे विराटनगर

Satya Sanchar सत्य सञ्चार

विराटनगर । पूर्वी नेपाल र भारतमा चर्चीत न्युरो सर्जन डाक्टर यामबहादुर रोकाले विराटनगर छाडेका छन् ।

५२ वर्षीय डाक्टर रोका १५ वर्षदेखि विराटनगरको न्युरो अस्पतालमा कार्यरत थिए । विराटनगरमा बसेर पूर्व क्षेत्रमा ‘ब्राण्ड’ स्थापित गरेका न्युरो सर्जरी सेवा विस्तारका गरेका रोकाले विराटनगर छाडेका हुन् । रोकाले अब पोखराको गण्डकी मेडिकल कलेजमा न्युरो सर्जरीको प्रोफेसरको रूपमा काम गर्नेछन् ।

नेपाल न्युरो सर्जरी समाजको अध्यक्ष समेत रहेका उनी काठमाडौं बाहिर पहिलोपटक न्युरो सर्जरी सेवा विस्तार गर्न विशेष योगदान दिने चिकित्सकमा पर्छन् ।

‘म पूर्व आउँदा नसा र टाउकोको समस्या भएका सबै बिरामी काठमाडौं र भारत जानुपर्ने बाध्यता थियो’ डा‍क्टर रोकाले भने, पहिलोपटक न्युरो सर्जरी सेवा सुरु गर्न निक्कै मिहिनेत गर्नु परेको थियो । अहिले त्यस्तो समस्या छैन ।’

‘अब आफ्नै गाउँ घरतिर सेवा गर्नुपर्छ भन्ने लाग्यो । त्यही भएर विराटनगरबाट बिदा लिँदैछु,’ उनले भने ।

उनी भारतको बनारस हिन्दु विश्वविद्यालयबाट एमबीबीएस तथा भारतबाटै मास्टर्स एन्ड सर्जरी (एमएस) अध्ययन गरेर नेपाल आएका हुन् ।

डा. रोकाकी पत्नी नारायणी रोका पनि नेत्ररोग विशेष हुन् । उनी पोखराको हिमालय आँखा अस्पताल कार्यरत छिन् ।

विराटनगरमा न्युरो सर्जरी सेवा विस्तार गर्न योगदान गरेका राेकालाई बुधबार विराट शिक्षण अस्पताल र विराट नर्सिङ होमले संयुक्त रूपमा विशेष सम्मान गरेको छ । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङ र अस्पतालका सञ्चालक एवं अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले संयुक्त रूपमा कदरपत्रसहित उनलाई सम्मान गरेका हुन् ।

प्रकाशित मिति: बुधबार, १६ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.