अखिल क्रान्तिकारीकाे अध्यक्षमा प्रचण्ड प्यानलका सापकोटा विजयी

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को अध्यक्षमा विजय प्रकाश सापकोटा विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी हेमन्त राईलाई ७१ मतको अन्तरले पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् ।

निवर्तमान उपाध्यक्ष केशव रावलका अनुसार सापकोटाले ६ सय ८६ मत प्राप्त गरेका छन् । राईले ६ सय १५ मत प्राप्त गरेका छन् । अध्यक्षका अर्का उम्मेदवार उपदेश कुमार यादवले ३ सय १० र सुदिन पौडेलले १ सय ९२ मत प्राप्त गरेका छन् ।

अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको थियो । सापकोटा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधरहरुको प्यानलका उम्मेदवार थिए ।

जनार्दन शर्मा पक्षधरको प्यानलबाट राईले उम्मेदवारी दिएका थिए । यादव नारायणकाजी श्रेष्ठ र पौडेलले वर्षमान पुन पक्षधरको प्यानलबाट उम्मेदवार बनेका थिए । निर्वाचन समितिले औपचारिक घोषणा भने गर्न बाँकी छ ।

प्रकाशित मिति: बुधबार, १६ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.