काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को अध्यक्षमा विजय प्रकाश सापकोटा विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी हेमन्त राईलाई ७१ मतको अन्तरले पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् ।
निवर्तमान उपाध्यक्ष केशव रावलका अनुसार सापकोटाले ६ सय ८६ मत प्राप्त गरेका छन् । राईले ६ सय १५ मत प्राप्त गरेका छन् । अध्यक्षका अर्का उम्मेदवार उपदेश कुमार यादवले ३ सय १० र सुदिन पौडेलले १ सय ९२ मत प्राप्त गरेका छन् ।
अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको थियो । सापकोटा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधरहरुको प्यानलका उम्मेदवार थिए ।
जनार्दन शर्मा पक्षधरको प्यानलबाट राईले उम्मेदवारी दिएका थिए । यादव नारायणकाजी श्रेष्ठ र पौडेलले वर्षमान पुन पक्षधरको प्यानलबाट उम्मेदवार बनेका थिए । निर्वाचन समितिले औपचारिक घोषणा भने गर्न बाँकी छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)