विराटनगर । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । एक भारतीय नागरिकसहित ५ जनाको समूह पक्राउ परेको हो ।
भारतीय नागरिककै योजनामा ठगी गरेको पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
उनका अनुसार भारतको जोगवनीका २३ वर्षीय केशव यादव, मोरङको कटहरी गाउँपालिका–३ का २२ वर्षीय रोहितकुमार पासवान, ३० वर्षीय बुद्धनारायण मलाह, पथरीशनिश्चरे नगरपालिका–५ का २५ वर्षीय वोधराज राजवंशी र विराटनगर महानगरपालिका–८ का २३ वर्षीय करण भनिने अमित रायलाई पक्राउ गरिएको छ ।
एउटै परिवारका बाबु–छोरालाई विदेश पठाउने भन्दै ६६ लाख बढी ठगी भएको देखिएको प्रहरीले बताएको छ ।
पक्राउ परेको गिरोहले वाट्सएप, टेलिग्राम, भाइबरसमेतका सामाजिक सञ्जालमा विज्ञापन गरेर युरोप, अमेरिका, कुबेत, दुबईसमेतका देश पठाउने भन्दै रकम ठगी गर्ने गरेको पाइएको डीएसपी जोशीको भनाइ छ ।
विराटनगर–११ का महेशकुमार चौधरी र उनका छोरा युपेशकुमार चौधरीलाई क्यानडा पठाइदिने भनेर विभिन्न समयमा अनलाइनमार्फत ६६ लाख ६७ हजार रूपैयाँ ठगी गरेको पाइएको छ । विदेशी मोबाइल नम्बरबाट खोलिएको वाट्सएप प्रयोग गरी ठगी गरेको जोशी बताउँछन् ।
भिसाका लागि भनेर आवश्यक कागजातसमेत पठाएर भ्रम एवं प्रलोभनमा पारी रकम ठगेको प्रहरीको भनाइ छ । रकम पठाउन विभिन्न व्यक्तिहरुको बैंक खाता प्रयोग गरेको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले गिरोहका ५ जनालाई माघ ८ गते पक्राउ गरेको हो । गिरोहविरुद्ध ठगी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको डीएसपी जोशीले बताए ।
पक्राउ परेकामध्ये ठगीमा भारतीय नागरिक केशव यादव मुख्य योजनाकार हुन् । यादवले नै पैसाको प्रलोभन देखाएर नेपाली युवाहरुलाई ई–सेवा, खल्तीजस्ता ‘डिजिटल वालेट’ तथा बैंक खाताहरु खोल्न लगाएका थिए ।
‘डिजिटल वालेट’ तथा बैंक खाताको ‘युजर एक्सेस’ र ‘पासवर्ड’ लिएर यादव आफूले कारोबार गर्ने गरेका थिए । पक्राउ परेका अरु ४ जना नेपाली युवाहरु यादवले ठगीमा प्रयोग गरेका व्यक्तिहरु हुन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)