काठमाडौं । मुलुकभर आज सहिद दिवस मनाइँदै छ ।
प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिन्छ ।
देशभर विविध कार्यक्रम गरेर सहिदको सम्मानमा दिवस मनाइन्छ । विक्रम संवत २००७ मा प्रजातन्त्र प्राप्त भएपछि दिवस मनाउन थालिएको हो । सहिदकै बलिदानीका कारण मुलुकमा प्रजातन्त्र स्थापन भएको थियो ।
सहिदका सपना पूरा गर्नेतर्फ भने राजनीतिक दलहरुले ध्यान दिइरहेका छैनन् । प्रतिबद्धता भने निरन्तर गरिरहन्छन् । माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह नै घोषणा गरेर विविध कार्यक्रमहरु भइरहेका छन् ।
स्वतन्त्रताको माग गर्ने योद्धाहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई राणा शासकले मृत्युदण्ड दिएका थिए । शास्त्रीलाई लाई विक्रम संवत १९९७ माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माथेमालाई माघ १३ गते सिफलमा र श्रेष्ठ एवं चन्दलाई माघ १५ गते शोभा भगवतीमा मृत्युदण्ड दिइएको थियो ।
ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्न सहिद दिवसका अवसर पारेर आज विभिन्न ठाउँमा प्रभातफेरिलगायतका कार्यक्रम आयोजना गरिँदै छ । प्रधानमन्त्री, मन्त्री, सरकारका उच्च पदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरि काठमाडौंमा निकालिने छ ।
विसं २०६३ अघि सहिद दिवसका दिन राज्यका तर्फबाट सहिद गेटमा विशेष कार्यक्रम गरी दिवस मनाइन्थ्यो । त्यसपछि भने लैनचौरस्थित सहिद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ ।
सहिद गेटमा पनि विभिन्न संघसंस्थाले कार्यक्रम गरी दिवस मनाउने गरेका छन् । पछिल्लो समय नारायणहिटी दरबार संग्रहालय परिसरमा निर्माण भएको गणतन्त्र स्मारकमा सहिदप्रति श्रद्धाञ्जली गर्ने स्थल राख्ने घोषणा गरिएको छ ।
स्मारकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत उच्च पदस्थले शपथ लिएपछि सहिदलाई श्रद्धाञ्जलि अर्पण गर्ने गरी तयारी गरिएको छ । विदेशी पाहुना आउँदा स्वतन्त्रताका लागि जीवन अर्पण गर्ने सहिदको सम्झना स्वरुप पुष्पगुच्छा अर्पण गर्ने स्थल बनाइने छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,443)
जीवन विकासले बोलायो साधारणसभा (2,411)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,370)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,224)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,582)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)