विराटनगर । राष्ट्रिय सभा संसदमा सामाजिक सञ्जालसम्बन्धी विधेयक दर्ता भएको छ ।
राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विधेयक दर्ता गराएका हुन् । याे विधेयकमा साइबर बुलिङ गरेमा तीन वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रस्ताव छ ।
साइबर बुलिङ भन्नाले कसैले इन्टरनेट जडान भएको डिजिटल उपकरणको माध्यमबाट सामाजिक सञ्जालको प्रयोग गरी साइबरस्पेसमा गलत वा हानिकारक वाक्य, शब्द, अक्षर, चिह्न, चित्र, तस्वीर, स्केच, फोटो, अडियो, भिडियो, श्रव्य–दृश्य, संकेत वा सन्देश पठाउने, पोष्ट गर्ने, सेयर गर्ने वा सोही कार्यबाट कसैलाई सताउने, तर्साउने, धम्क्याउने, लज्जित गराउने, अपमान गर्ने, मानमर्दन गर्ने वा अफवाह फैलाउने गरी आवाजको नक्कल गर्ने जस्ता कार्यलाई सम्झनुपर्ने विधेयकमा छ ।
सामाजिक सञ्जालमा कसैले अश्लिल शब्द लेखे दुई वर्षसम्म सजाय हुनसक्ने प्रावधान छ । विभत्स तस्बीर, अडियो, भिडियो सेयर गरे तीन महिनासम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने प्रस्ताव छ ।
भ्रामक विषयबस्तु प्रसार गरे २ वर्ष कैद वा तीन लाख रुपैसाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रस्ताव छ । विधेयककमा भनिएकाे छ ‘यस दफामा कसैले सामाजिक सञ्जालको प्रयोग गरी अश्लिल शब्द, तस्बीर, संकेत, भिडियो, अडियो मिथ्य वा भ्रामक सूचना प्रसार गर्न नहुने, त्यस्तो सूचनाको दुष्प्रचार वा तोडमोड वा कमेन्ट गरी कसूर गरेमा दुई वर्षसम्म कैद सजाय वा तीन लाख रुपैँयासम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।’
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)