संसदमा सामाजिक सञ्जालसम्बन्धि विधेयक : साइबर बुलिङ गरे ५ वर्ष कैदकाे प्रस्ताव

Satya Sanchar सत्य सञ्चार

विराटनगर । राष्ट्रिय सभा संसदमा सामाजिक सञ्जालसम्बन्धी विधेयक दर्ता भएको छ ।

राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विधेयक दर्ता गराएका हुन् । याे विधेयकमा साइबर बुलिङ गरेमा तीन वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रस्ताव छ ।

साइबर बुलिङ भन्नाले कसैले इन्टरनेट जडान भएको डिजिटल उपकरणको माध्यमबाट सामाजिक सञ्जालको प्रयोग गरी साइबरस्पेसमा गलत वा हानिकारक वाक्य, शब्द, अक्षर, चिह्न, चित्र, तस्वीर, स्केच, फोटो, अडियो, भिडियो, श्रव्य–दृश्य, संकेत वा सन्देश पठाउने, पोष्ट गर्ने, सेयर गर्ने वा सोही कार्यबाट कसैलाई सताउने, तर्साउने, धम्क्याउने, लज्जित गराउने, अपमान गर्ने, मानमर्दन गर्ने वा अफवाह फैलाउने गरी आवाजको नक्कल गर्ने जस्ता कार्यलाई सम्झनुपर्ने विधेयकमा छ ।

सामाजिक सञ्जालमा कसैले अश्लिल शब्द लेखे दुई वर्षसम्म सजाय हुनसक्ने प्रावधान छ । विभत्स तस्बीर, अडियो, भिडियो सेयर गरे तीन महिनासम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने प्रस्ताव छ ।

भ्रामक विषयबस्तु प्रसार  गरे २ वर्ष कैद वा तीन लाख रुपैसाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रस्ताव छ । विधेयककमा भनिएकाे छ ‘यस दफामा कसैले सामाजिक सञ्जालको प्रयोग गरी  अश्लिल शब्द, तस्बीर, संकेत, भिडियो, अडियो मिथ्य वा भ्रामक सूचना प्रसार गर्न नहुने, त्यस्तो सूचनाको दुष्प्रचार वा तोडमोड वा कमेन्ट गरी कसूर गरेमा दुई वर्षसम्म कैद सजाय वा तीन लाख रुपैँयासम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।’

प्रकाशित मिति: मङ्गलबार, १५ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.