बजेट खर्चमा कमजाेर दुई तिहाइकाे सरकार, ६ महिनामा ८ अर्ब ८७ करोड मात्रै खर्च

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनामा जम्मा आठ अर्ब ८७ करोड ७६ लाख मात्रै बजेट खर्च गरेको छ ।

आर्थिक वर्ष २०८१/८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाखको बजेट विनियोजन भएको थियो । पुससम्म ६ महिनाको अवधिमा ८ अर्ब ८७ करोड ७६ लाख २० हजार रुपैयाँ खर्च भएको हो । यो खर्च बजेटकाे २४.८५ प्रतिशत हो ।

मंसिर महिनासम्म सरकारले ७ अर्ब ७ करोड ८५ लाख रुपैयाँ खर्च गरेको थियो ।  सरकारले अब ६ महिनामा खर्च गर्नुपर्ने बजेट २६ अर्ब ४१ करोड १६ लाख ७९ हजार ८४१ रुपैयाँ छ ।

पछिल्लो ६ महिनामा खर्च भएको रकममा चालु खर्चको हिस्सा ठूलो छ । प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार ६ महिनाको अवधिमा ६ अर्ब २० करोड ९६ लाख ७३ हजार रुपैयाँ चालु खर्च भएको छ । ६ महिनाको अवधिमा पूजीँगत खर्च भने २ अर्ब ५५ करोड८५ लाख३४ हजार मात्रै भएको छ ।

प्रदेशमा चालु तर्फ १८ अर्ब ७३ करोड ४९ लाख र पूजीगत तर्फ १६ अर्ब ५२ करोड ४३ लाख ९३ हजार रुपैयाँ बिनियोजन  भएको थियो ।

प्रदेश सरकारले चालु तर्फ बिनियोजन भएको मध्ये ३३.१४ पूजीँगत तर्फ १५.४८ प्रतिशत बनेट खर्च गरेको छ ।

प्रदेशका आर्थिक वर्षको अन्त्यमा मात्रै बजेट खर्च गर्ने प्रवृति छ । प्रदेशले बजेट खर्च गर्न नसकेको प्रतिपक्षी दलहरुले आरोप लगाउँदै आएका छन् ।

नेकपा माओवादी केन्द्र काेशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो दुई ठूला दल मिलेर बनेको दुई तिहाई बहुमतकाे सरकारले बजेट खर्च गर्न नसकेको बताउँछन् । नयाँ सरकार बनेकाे ६ महिनाकाे अवधिमा प्रदेशकाे विकास खर्च निराशाजनक रहेकाे उनले बताए ।

प्रकाशित मिति: मङ्गलबार, १५ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.