ताप्लेजुङमा पहिचानवादी मोर्चाको बन्दकाे सामान्य प्रभाव, एक जना पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । पाथिभरामा केबलकारको विरोध गर्दै पहिचानबादी मोर्चाले घोषणा गरेको ताप्लेजुङ बन्दको सामान्य प्रभाव परेको छ । प्रहरीका अनुसार चारपांग्रे सवारी चलेका छैनन । स्कुल बजार कलकारखाना खुला छन् ।

सोमबार पाथिभरा क्षेत्रको बलुडाँडामा केबलकारको विरोधमा रहेको पहिचान पक्षधर र प्रहरीबीच दोहोरो झडप भएको थियो । झडपमा प्रहरीले चलाएको गोली लागेर दुई जना गम्भीर घाइते छन् ।

प्रहरीले दमन गरेको भन्दै केबलकारको विपक्षमा रहेको पहिचान पक्षधरले आजदेखि ताप्लेजुङ र प्रवेश नाकामा अनिश्चितकालिन बन्द घोषणा गरेको थियो ।

घोषणापछि ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार बन्द गराउँदै हिडेका पहिचानवादी मोर्चाको ताप्लेजुङ जिल्ला संयोजक ५२ वर्षीय प्रदिप मादेनलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी रवि रावलका अनुसार मादेन बलुडाँडामा भएको हुलहुज्तको घटनाका नेतृत्वकर्ता हुन् । म‌गलबार बजार बन्द गराउँदै हिडेको अवस्थामा पक्राउ गरेको उनले बताए ।

प्रकाशित मिति: मङ्गलबार, १५ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.