ताप्लेजुङमा पहिचानवादी मोर्चाको बन्दकाे सामान्य प्रभाव, एक जना पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । पाथिभरामा केबलकारको विरोध गर्दै पहिचानबादी मोर्चाले घोषणा गरेको ताप्लेजुङ बन्दको सामान्य प्रभाव परेको छ । प्रहरीका अनुसार चारपांग्रे सवारी चलेका छैनन । स्कुल बजार कलकारखाना खुला छन् ।

सोमबार पाथिभरा क्षेत्रको बलुडाँडामा केबलकारको विरोधमा रहेको पहिचान पक्षधर र प्रहरीबीच दोहोरो झडप भएको थियो । झडपमा प्रहरीले चलाएको गोली लागेर दुई जना गम्भीर घाइते छन् ।

प्रहरीले दमन गरेको भन्दै केबलकारको विपक्षमा रहेको पहिचान पक्षधरले आजदेखि ताप्लेजुङ र प्रवेश नाकामा अनिश्चितकालिन बन्द घोषणा गरेको थियो ।

घोषणापछि ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार बन्द गराउँदै हिडेका पहिचानवादी मोर्चाको ताप्लेजुङ जिल्ला संयोजक ५२ वर्षीय प्रदिप मादेनलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी रवि रावलका अनुसार मादेन बलुडाँडामा भएको हुलहुज्तको घटनाका नेतृत्वकर्ता हुन् । म‌गलबार बजार बन्द गराउँदै हिडेको अवस्थामा पक्राउ गरेको उनले बताए ।

प्रकाशित मिति: मङ्गलबार, १५ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.