टिकटक हेरे जसरी समाचार पढ्न मिल्ने एप सार्वजनिक

Satya Sanchar सत्य सञ्चार

विराटनगर । टिकटकमा भिडियो हेरे जसरी समाचार पढ्न पाइने ‘ताजा खबर एप’ सार्वजनिक भएकाे छ । भीसंसार अनलाइन प्रालि विराटनगरले नयाँ एप सार्वजनिक गरेकाे हाे । टिकटक हेरे जसरी पढ्न पाइने  यो नेपालकै पहिलो न्यूज एप भएको उक्त कम्पनीकी अध्यक्ष आरती कुमारी काफ्ले श्रेष्ठले जानकारी दिइन् ।

एपको विशेषता भनेकै यसको प्रस्तुति हो । टिकटकमा जस्तै एक पटकमा एउटा मात्र समाचार देखाइने र स्लाइड गर्दै समाचार पढ्न पाइने हुँदा यो एपले समाचार पढ्ने शैलीलाई प्रयोगकर्तामैत्री बनाउने उनले बताइन् । अहिलेको समयको मागअनुसार एप निर्माण गरिएको बताइन् ।

उनकाअनुसार एपमा समाचारका अतिरिक्त धेरै खालका सञ्चार र व्यवशायिक सेवाहरु उपलब्ध छन् । एपमा बल्क एसएमएसको सेवा पनि छ । जसमार्फत्, प्रयोगकर्ताले आफ्नो मोबाइल नम्बरमा भएका धेरैजनालाई एकैपटकमा सन्देश पठाउन सक्नेछन् ।

यो एपमा कोशी प्रदेशका विभिन्न समाचार अनलाइनहरुमा पनि विज्ञापन दिने सुविधा छ । जुन विज्ञापन विभिन्न अनलाइनहरुमा प्रकाशन हुन्छ र त्यसको भ्युजअनुसार पैसा तिर्दा हुन्छ । यसले विज्ञापनदाता र सञ्चारमाध्यम दुवैलाई फाइदा दिने कम्पनीको दाबी छ ।

एपले काम खोज्ने र दिने दुवैका लागि जब लिस्टिङको सुविधा पनि दिएको छ। यसका माध्यमबाट रोजगारीका अवसरहरूबारे जानकारी दिन र आवेदन दिन सकिन्छ । साथै, घरजग्गाको कारोबार पनि यो एपबाट गर्न सकिन्छ ।

एन्ड्रोइड भर्सन मात्र उपलब्ध भएपनि चाँडै आइओएसमा पनि तयार हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: मङ्गलबार, १५ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.