विराटनगर । मोरङको धनपालथान गाउँपालिका –४,कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भुप्रसाद राैनियार अदालतमा उपस्थित भएका छन् । सहकारीको बचत अपचलन मुद्दाका मुख्य आरोपी रौनियार साेमबार जिल्ला अदालत मोरङमा हाजिर भएका हुन् । रौनियार सहकारीको अध्यक्ष हुन् ।
सहकारीको बचत अपचलन मुद्दा दर्ता भएपछि फरार थिए ।
आज उनकाे बयान नसकिएपछि प्रहरीको जिम्मा लगाइएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार रौनियारको न्यायाधीश अरुणकुमार झाको इजलासमा बयान भइरहेको छ । भालि पनि उनको बयान हुनेछ । बयानपछि थुनछेक बहस हुनेछ । उमागौरी कृषि सहकारी संस्थाको बचत अपचलन मुद्दामा सहकारीका अध्यक्ष रौनियार, संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइरालासहित २६ जना प्रतिवादी छन् ।
सहकारीका सञ्चालकसँग २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो मागदाबीसहित २७ मंसिरमा मुद्दा दायर भएको थियो ।
मंसिर २८ गते जिल्ला अदालत मोरङले थुनछेक बहसपछि सहकारीका सञ्चालक सदस्य तथा धनपालथान गाउँपालिका– ४ का पूर्ववडाध्यक्ष रोशन चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । सहकारीको बचत अपचलन मुद्दामा फरार रहेकी सांसद पोखरेल पत्नी अन्जला गत २४ पुसमा अदालतमा उपस्थीत भएकी थिइन् । बयान र थुनछेक बहसपछि सोही दिन अदालतले कोइराला पनि १० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । आदेशपछि धरौटी बुझाएर उनी छुटेकी थिइन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,455)
जीवन विकासले बोलायो साधारणसभा (2,421)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,380)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,367)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,235)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,171)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,562)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,127)