अदालतमा उपस्थित भए उमागौरीका अध्यक्ष, बयान नसकिएपछि प्रहरी हिरासतमा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको धनपालथान गाउँपालिका –४,कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भुप्रसाद राैनियार अदालतमा उपस्थित भएका छन् । सहकारीको बचत अपचलन मुद्दाका मुख्य आरोपी  रौनियार साेमबार जिल्ला अदालत मोरङमा हाजिर भएका हुन् । रौनियार सहकारीको अध्यक्ष हुन् ।

सहकारीको बचत अपचलन मुद्दा दर्ता भएपछि फरार  थिए ।

आज उनकाे बयान नसकिएपछि प्रहरीको जिम्मा लगाइएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार रौनियारको न्यायाधीश अरुणकुमार झाको इजलासमा बयान भइरहेको छ । भालि पनि उनको बयान हुनेछ । बयानपछि थुनछेक बहस हुनेछ ।  उमागौरी कृषि सहकारी संस्थाको बचत अपचलन मुद्दामा सहकारीका अध्यक्ष रौनियार, संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइरालासहित २६ जना प्रतिवादी छन् ।

सहकारीका सञ्चालकसँग २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो मागदाबीसहित २७ मंसिरमा मुद्दा दायर भएको थियो । 
मंसिर २८ गते जिल्ला अदालत मोरङले थुनछेक बहसपछि सहकारीका सञ्चालक सदस्य तथा धनपालथान गाउँपालिका– ४ का पूर्ववडाध्यक्ष रोशन चौधरीलाई पुर्पक्षका लागि थुनामा  पठाउने आदेश दिएको थियो । सहकारीको बचत अपचलन मुद्दामा फरार रहेकी सांसद पोखरेल पत्नी अन्जला गत २४ पुसमा अदालतमा उपस्थीत भएकी थिइन् । बयान र थुनछेक बहसपछि सोही दिन अदालतले कोइराला पनि १० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । आदेशपछि धरौटी बुझाएर उनी छुटेकी थिइन् ।

प्रकाशित मिति: सोमबार, १४ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.