सूर्यदर्शन सहकारी ठगी प्रकरण : सरकारी वकिल पछि रवि पनि उच्च अदालत

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको बचत अपचलन मुद्दा जिल्ला अदालत कास्कीको थुनछेक आदेशविरुद्ध सरकारी वकिल र प्रतिवादी रवि लामिछाने पनि उच्च अदालत पुगेका छन् ।

सरकारी वकिलको कार्यालय जिल्ला अदालतको आदेश उल्टाएर पुर्पक्षका लागि थुनामै राखेर मुद्दाको पुर्पक्षको मागसहित उच्च अदालतमा पुगेको थियो । रवि लामिछाने पनि धरौटीमा छाड्ने जिल्लाको आदेश बदर गरी साधारण तारेखमा पूर्पक्षको मागसहित पुगेका हुन् ।

कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले २५ पुसमा लामिछानेलाई तत्काल प्राप्त प्रमाणबाट अहिले नै कसुरदार रहेनछन् भन्न सकिएन भन्दै ६५ लाख धरौटी माग गरेको थियो ।

लामिछानेलाई थुनामै राखेर मुद्दाको बाँकी कारबाही अघि बढाउनुपर्ने माग राखी सरकारी पक्ष उच्च अदालत पुगेपछि लामिछाने पनि जिल्लाको आदेशविरुद्ध उच्च अदालत पुगेका हुन् ।

कास्की अदालतले फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ अनुसार धरौटीमा पूर्पक्ष गर्न आदेश दिएको थियो । आदेशमा बेरितको भएकाले बदर गरी सोही संहिताको दफा ६९ साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाउँ भनी लामिछानेले उच्च अदालतमा निवेदन दर्ता गराएको उनका अधिवक्ताले दाबी गरेका छन् ।

कास्की अदालतमा सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उपर सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी तीनवटा अभियोगमा मुद्दा चलिरहेको छ ।
कास्कीको आदेशपछि धरौटी बुझाएर छुटेका रविलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दामा ६० लाख रुपैयाँ धरौटीमा छाडेको थियो । आइतबार मात्र बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा एक करोड रुपैयाँ धरौटी बुझाएर छुटेका थिए ।

प्रकाशित मिति: सोमबार, १४ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.