काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस संसदीय दलको बैठक आज (सोमबार)पनि बस्दैछ ।
संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठक आइतबार पनि बसेको थियो ।
आजको बैठकमा कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरुको काम र प्रभावकारिताबारे सांसदले आफ्ना धारणा राख्नेछन् ।
त्यसपछि मन्त्रीहरुले सांसदको जिज्ञासको जवाफ दिने छन् ।
यसअघिका बैठकमा सभापति देउवाले सरकारले ल्याएका अध्यादेशको पक्षमा एकढिक्का भएर लाग्ने निर्देशन दिएका थिए ।
संघीय संसदको हिउँदे अधिवेशनको तयारीका लागि कांग्रेस छलफल एवं बैठकमा व्यस्त छ । केपी शर्मा ओली नेतृत्वको सरकारले हालै जारी गरेको अध्यादेशका बारेमा एकजुट हुने र एकीकृत धारणा बनाएर प्रतिरक्षा गर्ने, संसदमा पेस भएका विधेयक पारित गर्न सहयोग गर्नेलगायतका विषयमा बैठकमा छलफल भइरहेको छ ।
संसदको हिउँदे अधिवेशन माघ १८ गतेका लागि बोलाइएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,668)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)