काठमाडौं । रुपन्देही जिल्ला अदालतले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन मुद्दामा एक करोड रुपैयाँ धरौटी माग्यो । बैंक जमानत बुझाएर उनी थुनामुक्त भएका छन् ।
योसँगै रविले तीन वटा सहकारी ठगी प्रकरणमा बुझाएको धरौटी रकम २ करोड २५ लाख रुपैयाँ पुगेको छ ।
यसअघि पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको बचत अपचलन मुद्दामा कास्की जिल्ला अदालतले ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन मुद्दामा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा छाडेको थियो ।
रुपन्देहीले तत्काल प्राप्त प्रमाणबाट रवि लामिछाने ‘कसुर नगरेको मनासिव आधार नदेखिएको’ भन्ने आधार देखाएको छ । जिल्ला अदालत कास्की र काठमाडौंले सोही आधार देखाई धरौटी मागेको थियो ।
‘मिसिल संलग्न तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादीले आरोपित कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिव आधार नदेखिँदा पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई यी प्रतिवादी रवि लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम एक करोड रुपैयाँ धरौटी लिई तारिखमा राख्नू ।’ अदालतको आदेशमा भनिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय, रुपन्देहीले रवि लामिछानेमाथि व्यक्तिगत रूपमा दुई करोड ऋण लिएको अनि गोर्खा मिडियामा थप दुई करोड रुपैयाँ ऋण प्रवाह भएको भन्ने आधार देखाई चार करोड रुपैयाँ बिगो मागदावी गरेको थियो ।
आदेशमा भनिएको छ,‘अभियोग पत्रमा उल्लेखित प्रतिवादीहरूको नाममा रहेको सम्पत्ति मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ को नियम ९२ बमोजिम कुनै व्यहोराले हक हस्तान्तरण गर्न नपाउने गरी यथास्थितिमा रोक्का राखी सोको जवाफ पठाउनू भनी सम्बन्धित मालपोत कार्यालयहरूलाई लेखी पठाउनू ।’
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)