विराटनगर । इटहरी उपमहानगरपालिकामा कर्मचारी र जनप्रतिनिधिबीच विवाद भएकाे छ । विवादपछि आइतबार आन्दाेलनमा उत्रिएका कर्मचारी केही घण्टा सेवा अवरुद्ध गरे । उपमेयरसहित केही वडाध्यक्षहरूले कर्मचारीलाई अभद्र व्यवहार गरेको भन्दै कर्मचारीले लिखित रुपमा माफी माग्न माग गरेका छन् ।
शुक्रबार उपमेयरसहित एमालेका वडाध्यक्षहरूसँग प्रशासन शाखा प्रमुख सञ्जीव खड्काको भनाभन भएको थियो । खड्काको कार्यकक्षमा भनाभन भएपछि जनप्रतिनिधिले खड्कालाई बाहिर निकालेर उनको कार्यकक्षमा ताला लगाइदिएका थिए । खड्काले वडा कार्यालयहरुको सर्भर डाउन गरेपछि विवाद भएको थियो ।
कर्मचारी र एमालेबाट निर्वाचित जनप्रतिनिधिबीचकाे विवादकाे कारण कर्मचारी सरुवा हाे ।
गत २८ पुसमा मेयर हेमकर्ण पौडेल र प्रमुख कार्यकारी अधिकृत रामचरित्र मेहताले ७७ जना कर्मचारीको सरुवा गरेका थिए । कर्मचारीको सरुवाको निर्णयपछि पौडेल उपमेयर संगीताकुमारी चौधरीलाई कार्यबाहक दिएर बिदामा बसे । उनी आइतबार मात्रै कार्यालयमा हाजिर भए । पौडेल नेपाली कांग्रेसबाट निर्वाचित मेयर हुन् भने चौधरी नेकपा एमालेबाट निर्वाचित उपमेयर हुन् ।
कर्मचारी सरुवा गर्दा पक्षपात गरेको भन्दै ३ माघमा उमपेयर चौधरीको अध्यक्षतामा बसेको बहुमत कार्यपालिका सदस्य बैठकले सरुवाको निर्णय उल्टाएको थियो । कर्मचारी सरुवा गर्दा मेयर पौडेलले छलफल नगरी कांग्रेसले नेतृत्व गरेको वडा नम्बर १, ६ र १३ सहितका वडा बाहेक एमालेले नेतृत्व गरेका वडाका कर्मचारीको सरुवा गरेको एमाले जनप्रतिनिधिको गुनासो छ ।
उपमेयरले सरुवाको निर्णय उल्ट्याए पनि प्रशासन प्रमुख खड्काले सरुवा भएको क्षेत्रमा जान भन्दै कर्मचारीलाई दबाब दिएका थिए । कर्मचारी सरुवा भएको ठाउँमा जान नमानेपछि खड्काले शुक्रबार वडाको सर्भर नै डाउन गरिदिएको एमाले जनप्रतिनिधिको आरोप छ ।
‘वडाको सर्भर नै डाउन गरिदिएपछि विवाद भएको हो,’ इटहरी वडा नम्बर ३ का अध्यक्ष उमेश सुवेदीले भने, ‘यो सरुवाको बेला होइन, मेयरले आफू अनुकूल सुरुवा गरेर बिदा बसेपछि विवाद भयो ।’
बहुमत सदस्यको बैठकले सरुवाको निर्णय कार्यान्वयन नगर्ने निर्णय गरेपनि कर्मचारीमाथि अनावश्यक दबाब दिइएको उनको भनाइ छ । शुक्रबार वडाको सर्भर नै अवरुद्ध गरेपछि प्रशासन प्रमुखसँग भनाभन भएको सुवेदीले बताए । त्यसपछि खड्काले प्रशासन सम्हाल्न नसक्ने भएकाले कार्यकक्षमा ताला लगाएको सुवेदीको दाबी छ ।
शुक्रबार खड्कामाथि उपमेयर चौधरीले दुर्व्यवहार गरेको भन्दै आज करिब दुई घण्टा कर्मचारीले काम रोकेका थिए । २८ पुसदेखि बिदा बसेका मेयर हेमकर्ण पौडेल कार्यालयमा हाजिर भएपछि ज्ञापनपत्र बुझाएर कर्मचारी काममा फर्किएका थिए । काममा फर्किएका कर्मचारीले उपमेयर चौधरीले लिखित रूपमा मार्फी माग्नका लागि अल्टिमेटम पनि दिएका छन् ।
इटहरीका प्रमुख प्रशासकीय अधिकृत रामरचित्र मेहता राजनीतिक विवादको चेपुवामा कर्मचारी परेको बताउँछन् । सर्भर डाउन भएको विषयमा आफूसँग कुरा गर्न छाडेर जनप्रतिनिधिले कर्मचारीसँग विवाद गरेको उनले बताए । कर्मचारीले न्याय माग गर्दै ज्ञापन पत्र बुझाएको उनको भनाइ छ । ‘सर्भर डाउन भएको थाहा भएपछि मैले खोल्न लगाएको हो, त्यसका लागि (सर्भर डाउनका लागि) त्यति (कर्मचारीसँग विवाद) गर्नुपर्ने जरुरी थिएन, थाहा भएको पाँच मिटेमै मैले खोलिहालें,’ उनले भने, ‘ कर्मचारीले गल्ती गरेको भए मलाई भन्दा हुन्थ्यो उहाँहरूले, त्यसरी जानु उचित होइन ।’
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)