कोशीकाे प्रदेशसभा बैठकमा केबलकारकाे मुद्दा : ‘व्यापारीलाई रिजाउन जनतालाई गोली नहानियोस्’

Satya Sanchar सत्य सञ्चार
घाइतेहरु

विराटनगर । ताप्लेजुङकाे फुङलिङ नगरपालिका ११ पाथिभरा क्षेत्रमा प्रहरीसँगको झडपमा तीन जना गम्भीर घाइते भएपछि कोशी प्रदेशका प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीले केबरकार निर्माणको काम रोक्न माग गरेको छ । कोशी प्रदेशसभाको बैठकमा विषेश समय लिएर बोल्दै दुई दलले तत्काल काम रोक्न माग गरेका हुन् ।

विशेष समयमा बोल्दै नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले व्यापारीलाई रिझाउन जनतालाई गोली हान्न नमिल्ने बताए ।

‘व्यापारीलाई रिजाउनका निम्ती जनतालाई गोली चलाउने र जनता मार्ने काम सरकारबाट तुरुन्त बन्द होस्,’ उनले भने,‘.. त्यो निर्माण कार्यलाई तत्काल रोकेर सुरक्षा फौजलाई फिर्ता बोलाएर शान्तिपूर्ण स्थितिको सृजना गर्नुपर्छ र वार्ता सम्बाद मार्फत मात्रै बाँकी कामलाई अगाडि बढाउन ध्यानाकर्षण गराउँछु ।’

मुकुम्लुङ क्षेत्रलाई व्यापारिक प्रयोजनका लागि दिदा स्थानीयको भावनामा धेरै ठूलो चोट परेको दाबी गर्दै उनले भने,‘शान्तिपूर्ण विरोध गर्दा राज्य आतंक र दमन भएको छ ।’
नेकपा एकिकृत समाजवादी पार्टीका सांसद कमलप्रसाद जवेगुले प्रहरी र सशस्त्र प्रहरीले आन्दोलनकारीले खाना खाएको समयमा आक्रमण गरेको दाबी गरे ।

उनले किराँत धार्मिक स्थल मुकुम्लुङ क्षेत्रमा प्राकृतिक अवस्थामै छाड्नु पर्ने बताए । व्यापारीको पछि लागेर राज्यले नागरिक माथि आक्रमण गरेको उनको भनाई छ ।

‘हाम्रो पहिचानको धरोहरलाई नढालौँ नभत्काउ, संरक्षण गरौं, जस्तो अवस्थामा त्यस्तै अवस्थामा रहोस् भन्ने चाहाना हो,’ उनले भने,‘ एउटा व्यापारीको पछि लागेर संघको सरकार पनि कुदिरहेको छ, प्रदेशको सरकार पनि कुदिरहेको छ ।’

उनले केबलकार भन्दा पनि पाथीभराको तल्लो फेदी काफ्ले पाटीसँग सडक कालोपत्रे गर्न माग गरे । स्थानीयसँग वार्ता गरेर विवाद टुङ्गो नलागेसम्म केबलकारको काम रोक्न आग्रह गरे ।

प्रदेशसभा बैठकमा घटनाका विषयमा जानकारी दिदै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले ताप्लेजुङको घटनामा दुई जनालाई प्रहरीले चलाएको गोली लागेको बताए । भागदौड हुँदा अर्का एक जना पनि घाइते भएको बताए ।

२१ जना प्रहरी घाइते रहेको र ७ जना प्रहरी अस्तालमा उपचाररत रहेको जानकारी दिए । तीन जनाको थप उपचारका लागि काठमाडौं पठाइएको उनले बताए ।

शनिबार बेलुका ५ः५० मा आन्दोलनकारीले प्रहरीमाथि एक्कासी ढुंगामुढा गरेपछि प्रहरीले आत्मरक्षाका लागि प्रहरीले २० सेल अश्रुग्यास र १० राउण्ड हवाई फायर गरेको बताए ।
‘प्रहरीले आत्म सुरक्षाका लागि केही नगर्ने हो भने प्रहरी तर्फ ठूलो क्षति हुने परिस्थिति सृजना भइसकेपछि आत्मरक्षाका लागि हवाई फायर भयो ।’ उनले भने । उनले समस्या समाधानका लागि प्रदेश सरकार वार्ता गर्न तयार रहेको बताए । उनले आन्दोलनरत पक्षलाई बार्तामा आउन आह्वान गरे ।

प्रदेशसभाको शून्य समयमा बोल्दै सांसद प्रदिपकुमार सुनुवार,सम्शेर राई, गोबिन्द गिरी, सविना बजगाई, विदुरकुमार लिङ्थेपले पाथिभरा क्षेत्रमा देखिएको बिबाद समाधान गर्न माग गरे ।

व्यवसायी चन्द्र ढकालको समूहले ताप्लेजुङमा पाथिभरा जाने केबलकार निर्माण गरिरहेको छ । मंगलबारबाट केबलकारकाे काम सुरु गरेपछि पहिचान पक्षधरले आज आइतबारबाट थप आन्दोलनको तयारी गरेका थिए । नो केबलकार समूहले आन्दोलनको तयारी गरेपछि शनिबार बेलुका प्रहरी रोक्नका लागि पुगेको थियो ।

सोही क्रममा दुई तर्फबीच झडप भएको थियो । झडपमा प्रहरीले गोली चलाउँदा तेह्रथुमको म्याङलुङ नगरपालिका–९ का यामबहादुर लिम्बू, पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ का सगुन लावती गोली गम्भीर घाइते भएका थिए । लावतीको छाती र लिम्बूको तिघ्रामा गोली लागेको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ का धर्म पालुङ्वा भागदौडमा लड्दा घाइते भएका छन् ।

घाइते तीन जनालाई आज विराटनगरबाट नेपाली सेनाको हेलिकप्टरमा उपचारका लागि काठमाडौं लगिएको छ ।

प्रकाशित मिति: आइतबार, १३ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.