विराटनगर । ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ पाथीभरा मन्दिर क्षेत्रमा भएको झडपमा परी घाइते भएकालाई थप उपचारका काठमाडौं लगिएको छ । आइतबार विराटनगर विमानस्थलबाट तीन जनालाई नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं लगिएको हो ।
झडपमा आन्दोलनकारी र सुरक्षाकर्मी गरेर २६ जना घाइते भएका थिए । जसमा तीन जना गम्भीर थियो । तीन मध्ये दुई जनालाई गोली लागेको थियो ।
उपचारका लागि ताप्लेजुङबाट आइतबार बिहान मात्रै विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको तेह्रथुमको म्याङलुङ नगरपालिका–९ का यामबहादुर लिम्बू, पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ का सुगन लावती र ताप्लेजुङको फुङलिङ नगरपालिका–८ का धर्म (धर्माान) पालुङ्वालाई नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौं पठाइएको हो । सगुनको छाती र यामबहादुरको तिघ्रामा गोली लागेको छ । धर्मको कुमको हड्डी भाँचिएको छ ।
ताप्लेजुङको फुङलिङ नगरपालिका–११ बलुडाँडामा शनिबार नो केबलकार पक्ष र प्रहरीबीच २ पटक झडप भएको थियो । झडपमा ५ जना आन्दोलनकारी र २१ जना सुरक्षाकर्मी घाइते भएको प्रहरीको दाबी छ ।
चन्द्र ढकालको समूहले पाथिभरामा मंगलबारबाट केबलकार निर्माणको काम सुरु गरेको थियो । त्यसको विरोधमा आजबाट आन्दोलन गर्ने भन्दै पहिचान पक्षधर बलुडाँडामा भेला भएका थिए । शनिबार प्रहरीले रोक्न खोज्दा झडप भएको थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)