बालयौन दुरुपयोगको आरोपमा राई दोषी ठहर

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । बालयौन दुरुपयोगको आरोपमा मदन राईलाई जिल्ला अदालत खोटाङले दोषी ठहर गरेको छ ।

आफैंले स्थापना गरेको शुभद्रा मदन फाउण्डेसनमा पढ्ने बालिका र किशोरीहरुलाई यौन दुर्व्यवहार गरेको मुद्दामा जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको हो ।

न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले १० माघमा राईलाई दोषी ठहर गरेको जिल्ला अदालत खोटाङका सूचना अधिकारी सुदीप भट्टराईले जानकारी दिए ।

सजाय निर्धारणका लागि २५ माघमा अर्को पेसी तोकिएको छ । तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा आरोपित दोषी ठहर भएमा सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्छ ।

प्रकाशित मिति: आइतबार, १३ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.