ताप्लेजुङ घटनाका घाइतेलाई काठमाडाैं लाने तयारी

Satya Sanchar सत्य सञ्चार
घाइतेहरु

विराटनगर । ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ मा प्रहरी र  केबलकार विराेधी पक्षबीचकाे झडपमा घाइते भएका तीन जनालाई थप उपचारका लागि काठमाडाैं लगिने भएकाे छ ।

प्रहरीले चलाएकाे गाेली लागेर यामबहादुर लिम्बू,सगुन लावती गम्भीर घाइते छन् । झडपका क्रममा भिरबाट लडेका धर्म पालुङ्वाकाे अवस्था पनि गम्भीर छ ।

अस्पताल स्राेतका अनुसार सगुन लावतीकाे छातीमा गाेली लागेकाे छ । यामबहादुरकाे तिघ्रामा गाेली लागेकाे छ । पालुङ्वाकाे कुम (व्युटी बाेन) भाच्चिएकाे छ ।

उनीहरु शनिबार साझकाे झडपमा घाइते भएका थिए । घाइतेकाे जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि राति नै  विराटनगरकाे नाेबेल मेडिकल कलेजमा ल्याइएकाे थियाे ।

अस्पतालले थप उपचारका लागि रेफर गरेपछि काठमाडाैं लैजाने तयारी भएकाे माेरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । ‘यहाँबाट रेफर भएपछि काठमाडाैं पठाउँन सेनाकाे हेलिकप्टर आउँदैछ,’ उनले भने,’ यहाँबाट पठाउने प्रबन्ध मात्रै गरेकाे हाे ।

व्यवसायी चन्द्र ढकालकाे समूहले मंगलबारबाट पाथिभरामा केबलकार निर्माण सुरु गरेकाे थियाे । केबलकारका कारण पहिचान मेटिने भन्दै आन्दाेलन सुरु गरेकाे ‘नो केबलकार समूह’ले आज आइतबारबाट थप आन्दोलन गर्ने तयारी गरेको थियो ।

आन्दोलनकारीलाई तितरबितर पार्न शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएकाे थियाे । शनिबार बेलुका करिब ६ बजे पाथिभरा क्षेत्रको बलुडाडामा प्रहरी पुगेपछि आन्दोलनकारीले ढुंगामुडा गरेका थिए । त्यसपछि प्रहरीले  गोली चलाएको थियो । झडप हुँदा ५ जना प्रदर्शनकारी र २१ जना सुरक्षाकर्मी घाइते भएका छन् ।

प्रकाशित मिति: आइतबार, १३ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.