प्रेस सेन्टर कोशीकाे अध्यक्षमा राजन राई निर्वाचित

Satya Sanchar सत्य सञ्चार

विराटनगर । प्रेस सेन्टर नेपाल कोशी प्रदेशको अध्यक्षमा राजन राई निर्वाचित भएका छन् ।विराटनगरमा सम्पन्न तेस्रो अधिवेशनबाट राई अध्यक्षमा निर्वाचित भएका हुन् । उनले नवराज कट्टेललाई पराजित गरे । ४१ मतसहित राई अध्यक्षमा निर्वाचित हुँदा कट्टेलले ३६ मत प्राप्त गरेका थिए ।

समितिको उपाध्यक्षमा सुजन तिमिल्सिना, महिला उपाध्यक्षमा सूजता लिम्बू, समावेशी उपाध्यक्षमा सेसेहाङ लाओति, महासचिवमा गोकुल पराजुली, सचिवमा इश्वर थापा, डिकेश लामा, बिनु तिम्सिना, सत्यनारायण शर्मा, कोषाअध्यक्ष झुलन रेग्मी चयन भएका छन् । सदस्यहरुमा बाबुराम मुडियारी, पवन साह, मनिता राई, अनिता रसाइली, मोतिराम रसाइली, प्रविण बानियाँ, भीम कुमार चेम्जोङ, आइपी भट्टराई, नविन सुनाम र दिपक अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

कार्यक्रममा बोल्दै प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटाले पत्रकारिताको गरिमा उच्च बनाउँदै पत्रकार र सञ्चार गृहलाई सबल बनाउनुपर्नेमा जोड दिए ।

प्रेस सेन्टरका केन्द्रीय वरिष्ठ उपाध्यक्ष कमल गिरीले पत्रकारले समाचार मात्र नभएर समाज परिवर्तनमा भूमिका खेल्नुपर्ने बताए ।

नेकपा माओवादी केन्द्र प्रदेश सचिव तथा पूर्वमन्त्री गणेश उप्रेती सुशीलले प्रेस सेन्टर समाजवादी यात्रामा अघि बढेको संगठन भएको बताए ।

डिजिटल युगमा पत्रकारिता चुनौती थपिएको बताउँदै नेकपा माओवादी केन्द्र प्रदेश फ्याक्सन इञ्चार्ज विजय साम्पाङ्गले प्रदेश अधिवेशन त्यो चुनौति चिर्नुपर्नेमा जोड दिए । उद्घाटन शत्रमा कार्यक्रममा प्रेस सेन्टरकी केन्द्रीय उपाध्यक्ष गंगा बराल, लक्ष्मण खड्का, नेपाल पत्रकार महासंघ केशी प्रदेशकी महासचिव हेमा चेम्जोङ, प्रेस युनियनका प्रदेश अध्यक्ष मिनकुमार नवोदित, समाजवादी प्रेस संगठन प्रदेश अध्यक्ष बन्धु पोखरेललगायतले शुभकामना दिएका थिए ।

प्रकाशित मिति: शनिबार, १२ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.