विराटनगर । प्रहरीले ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ पाथिभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएको समूहमाथि गोली प्रहार गरेको छ । ‘नो केबलकार समूह’सँगको झडपका क्रममा प्रहरीले गोली चलाएको हो ।
प्रहरीले चलाएको गोली लागेर दुई जना गम्भीर घाइते भएका छन् । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शमाका अनुसार पाथिभरा क्षेत्रको बलुडाडा आसपास सुरक्षाकर्मी र केबलकार विरोधी पक्षबीच झडप हुँदा करिब ६ बजे गोली चलेको हो ।
‘उनीहरुमाथि थिए, माथिबाट गुलेली र ढुंगा प्रहार भएपछि सुरक्षाकर्मीबाट फायरिङ भएको हो,’ उनले भने,‘ दुई जना घाइते छन् ।’
ताप्लेजुङमा पाथीभरा जाने केबलकार निर्माणका लागि निर्माण कम्पनीले मंगलबारबाट काम सुरु गरेको थियो । पहिचान पक्षधरले केबलकार निर्माण गर्दा पाथिभरा क्षेत्रको पहिचान मासिने भन्दै ‘नो केबलकार आन्दोलन’ गरिरहेको छ । आइतबारबाट आन्दोलन थप आन्दोलन गर्ने तयारी गरेको थियो ।
आइतबारबाट आन्दोलनका लागि भन्दै पहिचान पक्षधरहरु बलु डाडामा भेला भएका थिए । प्रहरी पुगेपछि आन्दोलनरत पक्षले गुलेली र ढुंगा प्रहार गरेपछि प्रहरीले गोली चलाएको थियो ।
शान्तिपूर्ण आन्दोलनको तयारी गर्दा राज्यले मान्छे ताकेर गोली प्रहार गरेको किराँत याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापोले बताइन् । उनका अनुसार भोलि आइतबारबाट आन्दोलन गर्ने तयारी छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)