प्रधानमन्त्री ओली अस्वस्थ्य, सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु भर्चुअल माध्यमबाट

Satya Sanchar सत्य सञ्चार
प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ्य भएका छन् । अस्वस्थ्य भएपछि उनले उद्घाटन गर्ने तय भएको राजधानी बाहिरका कार्यक्रममा सहभागी भएनन् । शुक्रबारका लागि तय भएका राजधानी बाहिरका सबै कार्यक्रमलाई उनले भर्चुअल माध्यमबाट सम्बोधन गर्नेछन् ।

दुई दिनदेखि स्वास्थ्यमा समस्या भएका कारण ओली आराम गरिरहेका छन् । शुक्रबार प्रधानमन्त्री ओलीका चार वटा कार्यक्रम तय भएका छन् । ति कार्यक्रम भर्चुअल माध्ययमबाट हुनेछन् ।

आज राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु प्रधानमन्त्रीले भर्चुअल माध्यमबाटै गर्नेछन् ।

कुल एक हजार एक सय २६ मिटर लामो सुरुङमा मुख्य सुरुङको खन्न बाँकी रहेको साढे एक मिटर भाग आज छिचोलिने आयोजनाका प्रमुख कृष्णराज अधिकारी जानकारी दिए ।

सुरुङमार्गको तीन वटा सहायक सुरुङ यसअघि नै छिचोलिएको थियो । बाइपास सुरुङ ३ को गत भदौ २६ मा, बाइपास सुरुङ १ को असोज ४ मा र बाइपास सुरुङ २ को पुस ७ मा ‘ब्रेक थ्रु’ भएको थियो । बाइपास सुरुङ क्रमशः १५१, २६१ र ३३० मिटर लामा छन् ।

प्रकाशित मिति: शुक्रबार, ११ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.