प्रधानमन्त्री ओली अस्वस्थ्य, सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु भर्चुअल माध्यमबाट

Satya Sanchar सत्य सञ्चार
प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ्य भएका छन् । अस्वस्थ्य भएपछि उनले उद्घाटन गर्ने तय भएको राजधानी बाहिरका कार्यक्रममा सहभागी भएनन् । शुक्रबारका लागि तय भएका राजधानी बाहिरका सबै कार्यक्रमलाई उनले भर्चुअल माध्यमबाट सम्बोधन गर्नेछन् ।

दुई दिनदेखि स्वास्थ्यमा समस्या भएका कारण ओली आराम गरिरहेका छन् । शुक्रबार प्रधानमन्त्री ओलीका चार वटा कार्यक्रम तय भएका छन् । ति कार्यक्रम भर्चुअल माध्ययमबाट हुनेछन् ।

आज राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु प्रधानमन्त्रीले भर्चुअल माध्यमबाटै गर्नेछन् ।

कुल एक हजार एक सय २६ मिटर लामो सुरुङमा मुख्य सुरुङको खन्न बाँकी रहेको साढे एक मिटर भाग आज छिचोलिने आयोजनाका प्रमुख कृष्णराज अधिकारी जानकारी दिए ।

सुरुङमार्गको तीन वटा सहायक सुरुङ यसअघि नै छिचोलिएको थियो । बाइपास सुरुङ ३ को गत भदौ २६ मा, बाइपास सुरुङ १ को असोज ४ मा र बाइपास सुरुङ २ को पुस ७ मा ‘ब्रेक थ्रु’ भएको थियो । बाइपास सुरुङ क्रमशः १५१, २६१ र ३३० मिटर लामा छन् ।

प्रकाशित मिति: शुक्रबार, ११ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.