प्रेस सेन्टर माेरङकाे अध्यक्षमा कर्ण

Satya Sanchar सत्य सञ्चार

विराटनगर । प्रेस सेन्टर नेपाल मोरङको अध्यक्षमा नवीनकुमार कर्ण चयन भएका छन् । विराटनगरमा बिहीबार भएको पाँचौँ जिल्ला सम्मेलनबाट कर्ण अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

समितिको उपाध्यक्षमा श्रीमन्त भट्टराई, सन्दीप राई चयन भएका छन् । सचिवमा अनिल श्रेष्ठ,सहसचिव राकेश कर्ण, हुसेन शेख, राजेश राजवंशी र कोषाध्यक्ष प्रेम देवान चयन भएका छन् ।
सदस्यहरूमा नम्रता न्यौपाने, एलिसा रायमाझी, मोहन ढकाल, माधव काफ्ले, सुरन्जन लिम्बू, जय कामत, अर्जुन लिम्बू, मर्जिना खातुन चयन भएका छन् ।

लक्ष्मी फुयाल स्मृति पत्रकारिता पुरस्कार मुडियारीलाई

सम्मेलनका क्रममा सहिद लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार पत्रकार बावुराम मुडियारीलाई प्रदान गरिएकाे थियाे । मुडियारीलाई १० हजार राशीको उक्त पुरस्कार प्रदान गरिएको हो ।

उनलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्क नेम्वाङ्ग, सचिव गणेश उप्रेती, मोरङ इन्चार्ज कुलबहादुर साम्बा (कुशल), प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष विवेक गौतमलगायतले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

प्रेस सेन्टर नेपाल मोरङका संस्थापक अध्यक्षसहित पाँच जना पूर्वअध्यक्ष पनि सम्मानित भएका छन् । संस्थापक अध्यक्ष राजेन्द्र पौडेल, पूर्वअध्यक्षहरु अमृत कुमार महतो, विनोद घिमिरे, गणेश लम्साल र गोकुल पराजुलीलाई सम्मान गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, ११ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.