प्रेस सेन्टर माेरङकाे अध्यक्षमा कर्ण

Satya Sanchar सत्य सञ्चार

विराटनगर । प्रेस सेन्टर नेपाल मोरङको अध्यक्षमा नवीनकुमार कर्ण चयन भएका छन् । विराटनगरमा बिहीबार भएको पाँचौँ जिल्ला सम्मेलनबाट कर्ण अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

समितिको उपाध्यक्षमा श्रीमन्त भट्टराई, सन्दीप राई चयन भएका छन् । सचिवमा अनिल श्रेष्ठ,सहसचिव राकेश कर्ण, हुसेन शेख, राजेश राजवंशी र कोषाध्यक्ष प्रेम देवान चयन भएका छन् ।
सदस्यहरूमा नम्रता न्यौपाने, एलिसा रायमाझी, मोहन ढकाल, माधव काफ्ले, सुरन्जन लिम्बू, जय कामत, अर्जुन लिम्बू, मर्जिना खातुन चयन भएका छन् ।

लक्ष्मी फुयाल स्मृति पत्रकारिता पुरस्कार मुडियारीलाई

सम्मेलनका क्रममा सहिद लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार पत्रकार बावुराम मुडियारीलाई प्रदान गरिएकाे थियाे । मुडियारीलाई १० हजार राशीको उक्त पुरस्कार प्रदान गरिएको हो ।

उनलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्क नेम्वाङ्ग, सचिव गणेश उप्रेती, मोरङ इन्चार्ज कुलबहादुर साम्बा (कुशल), प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष विवेक गौतमलगायतले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

प्रेस सेन्टर नेपाल मोरङका संस्थापक अध्यक्षसहित पाँच जना पूर्वअध्यक्ष पनि सम्मानित भएका छन् । संस्थापक अध्यक्ष राजेन्द्र पौडेल, पूर्वअध्यक्षहरु अमृत कुमार महतो, विनोद घिमिरे, गणेश लम्साल र गोकुल पराजुलीलाई सम्मान गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, ११ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.