यी हुन् प्रदेश मन्त्रिपरिषद्का १३ निर्णय

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेश सरकारको बुधबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न १३ वटा निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीका अनुसार प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ ।

त्यस्तै, बैठकले प्रदेश भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय पनि गरेको छ । मन्त्री भण्डारीका अनुसार बैठकले आगामी फागुन ३ गते प्रदेश सरकार स्थापना भएको दिनलाई भव्यताका साथ मनाउने गरी कार्यक्रम तय गरेको छ ।

त्यस्तै, प्रदेश निजामती सेवाको ११ औं तहमा बढुवा भएका प्रकाशकुमार डाँगी, सुशीलकुमार अधिकारी, डाक्टर इन्द्रप्रसाद सापकोटा, कृष्णप्रसाद पोखरेल र ज्ञानबहादुर बस्नेतलाई विभिन्न कार्यालयमा पदस्थापन गर्ने निर्णय गरेको छ ।

बैठकले बूढीगंगा ट्रक पार्किङस्थल निर्माण तथा सञ्चालन कार्यविधि स्वीकृत गरेको छ भने भूमिगत जल सिँचाइ आयोजना कार्यान्वयन कार्यविधि र रोजगार प्रवर्धन कार्यक्रम कार्यान्वयन कार्यविधि पनि स्वीकृत गरेको छ ।

यस्तै, विद्यालय नर्सिङ सेवा कार्यक्रम सञ्चालन कार्यविधि संशोधनसहित कानुन न्याय तथा प्रदेश मामिला समितिमा छलफल गरी पेस गर्ने निर्णय भएको मन्त्री भण्डारीले बताए । बैठकले जनयुद्ध स्मृति प्रतिष्ठान नेपाल बेलबारी २ मोरङलाई जग्गा रजिस्ट्रेसन शुल्कमा ५० प्रतिशत छुट दिने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति: बिहिबार, १० माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.