सीमावर्ती क्षेत्रबाट डेढ किलो चाँदी बरामद

Satya Sanchar सत्य सञ्चार

विराटनगर । प्रहरीले मोरङको धनपालथान गाउँपालिका–२ गोसाई पोखरीनजिकबाट डेढ किलोभन्दा बढी चाँदी बरामद गरेको छ ।

सीमा क्षेत्रको दशगजाबाट प्रहरीले करिब डेढ किलो चाँदी बरामद गरेको हो ।

प्रहरी चौकी अमाहीवरियातीबाट खटिएको टोलीलाई देख्नसाथ चाँदीका गहना र मूर्ति राखिएको कपडाको पोको फालेर महिला फरार भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार पोको फालेर महिला भारततिर नै भागेकी हुन् ।

पोको खोलेर हेर्दा १ किलो ६ सय ग्राम बराबरको चाँदीका गहना र मूर्ति भेटिएको प्रहरीको भनाइ छ । बरामद भएको गहना र मूर्तिको मुल्य २ लाख ६० हजार छ ।

प्रकाशित मिति: बुधबार, ०९ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.