सीमावर्ती क्षेत्रबाट डेढ किलो चाँदी बरामद

Satya Sanchar सत्य सञ्चार

विराटनगर । प्रहरीले मोरङको धनपालथान गाउँपालिका–२ गोसाई पोखरीनजिकबाट डेढ किलोभन्दा बढी चाँदी बरामद गरेको छ ।

सीमा क्षेत्रको दशगजाबाट प्रहरीले करिब डेढ किलो चाँदी बरामद गरेको हो ।

प्रहरी चौकी अमाहीवरियातीबाट खटिएको टोलीलाई देख्नसाथ चाँदीका गहना र मूर्ति राखिएको कपडाको पोको फालेर महिला फरार भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार पोको फालेर महिला भारततिर नै भागेकी हुन् ।

पोको खोलेर हेर्दा १ किलो ६ सय ग्राम बराबरको चाँदीका गहना र मूर्ति भेटिएको प्रहरीको भनाइ छ । बरामद भएको गहना र मूर्तिको मुल्य २ लाख ६० हजार छ ।

प्रकाशित मिति: बुधबार, ०९ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.