अष्ट्रेलियासँग पराजित भएपछि समूह चरणबाटै बाहिरियो नेपाल

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । तेस्रो खेलमा अष्ट्रेलियासँग पराजित भएपछि नेपाल आईसीसी यू– १९ महिला टी– २० विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।

बुधबार भएको समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियासँग ८३ रनले पराजित भएपछि समूहचरणबाटै बाहिरिएको हो ।

पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा स्कटल्याण्डसँग नेपाल पराजित भएको थियो ।

बुधबार भएको खेलमा अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले ५६ रन मात्र बनाउन सक्यो ।

त्यसअघि मलेसियाको बांगीस्थित युएसडी–युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभर खेल्दै ६ विकेट गुमाएर १३९ रन बनाएको थियो ।

प्रकाशित मिति: बुधबार, ०९ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.