प्रधानमन्त्री संयन्त्रले देश चलाउन खोज्दै हुनुहुन्छ : डाक्टर कोइराला

Satya Sanchar सत्य सञ्चार

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले संयन्त्रबाट देश चलान खोजिरहेको नेपाली कांग्रेस नेता डाक्टर शेखर कोइरालाले  बताएका छन् । सरकारले देश चलाउनु पर्नेमा प्रधानमन्त्री ओलीले संयन्त्र मार्फत चलाउन खोजेको बताएका हुन् ।

‘हामी डेमोक्रेटिक सिस्टममा छौं, डेमोक्रेटिक सिस्टममा संयन्त्रले देश चलाउने होइन सरकारले चलाउने हो, कुरा बुज्नु भयो ?’ कोइराला निवासमा पत्रकार सम्मेलन गर्दै कोइरालाले भने,‘ संयन्त्रले देश चलाउन खोज्दै हुनुहुन्छ प्रधानमन्त्री, यो गलत हो, विलकुल गलत हो ।’

नेकपा एमाले र कांग्रेस नेतृत्वमा गठबन्धनको सरकार बनेपछि दुई दलले सरकार सञ्चालनका लागि संयन्त्र बनाएका छन् । प्रदेश तहमा पनि संयन्त्र बनेका छन् । ति संयन्त्रले सरकार सञ्चालनमा सहजीकरण गर्ने भनिएको छ । कोशीमा बनको संयन्त्रले केही दिनअघि सरकारलाई बजेट पुनरावलोकन गर्न निर्देशन दिएको थियो । तर बजेट पुनरवलोकन नहुने सरकारले संसदीय समितिलाई जानकारी दिएको छ । दुई दलको वडा तहसम्म संयन्त्र बनाएर काम गर्ने सहमति गरेका छन् ।

डाक्टर कोइरालाले संयन्त्र बनाउने काम गलत भएको दाबी गरे । ‘ २०५१ सालमा एमालेको सरकार थियो, त्यो बेला सचिवको कोठामा एक जना एमालेको आधिकारिक व्यक्ति बस्नुहुन्थ्यो,’ उनले भने,‘ हामी जस्तो मान्छे जाँदा खेरी उहाँको के काम छ भन्दै सोध्नुहुन्थ्यो, फेरि संयन्त्रले त्यहीँ गर्न खोजेको छ ।’

प्रकाशित मिति: बुधबार, ०९ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.