विराटनगर । प्रतिनिधिसभाकाे सार्वजनिक लेखा समितिका सभापति एवं नेकपा (एमाले)का नेता ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेलमाथि लागेकाे ठगी आराेपकाे अनुसन्धान सकेर प्रतिवेदन प्रहरीले सरकारी वकिलकाे कार्यालयमा बुझाएकाे छ ।
पक्राउ परेको १२ दिनमै अनुसन्धान सकेर प्रहरीले ठगी मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन मंगलबार वकिल कार्यालयमा बुझाएको हो ।
उनीविरुद्ध ठगी आरोपमा पक्राउ पुर्जी जारी भएको थियो । पुस २५ गते पक्राउ परेका उनीमाथि प्रहरीले चाँडै अनुसन्धान सकेको छ ।
प्रहरीले बुझाएको मिसिलको अध्ययन भइरहेको सरकारी वकिल कार्यालयले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा मिसिल बुझाइएको जानकारी दिए । ‘अनुसन्धानका क्रममा दुवै पक्षसँग कुरा बुझियो । अनुसन्धान सकिएपछि ठगी मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइएको छ । थप प्रक्रिया उतैबाट अघि बढ्छ,’ उनले भने ।
मोरङको रंगेली नगरपालिका २ घर भइ काठमाडौंमा बस्दै आएका ४३ वर्षीय अनिल नेकपा (एमाले) मोरङका जिल्ला सदस्य हुन् । पार्टीको कोटामा एमबीबीएस भर्ना गरिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप उनीमाथि लागेको छ ।
एबीबीबीएसमा छोरीको नाम निकालिदिने आश्वानस दिएपछि पैसा बुझाएको बौआलालको भनाइ छ । तर, छोरीको नाम ननिस्किएपछि पैसा फिर्ता माग्दै उनी अनिलसँग पुगे । उल्टै आफूसँग जबरजस्ती ५० लाख रूपैयाँ ऋण लिएको कागज अनिलले बनाएको बौआलालको दाबी छ ।
बौआलालले आफू ठगीमा परेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । तर, प्रहरीले दर्ता गर्न मानेन । हुलाकमार्फत जाहेरी पठाएर उनले उच्च अदालत विराटनगरमा पनि रिट दायर गरेका थिए । उच्च अदालतले अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो । ठगी प्रकरणमा मुछिएकाे विवरण सार्वजनिक भएपछि ऋषिकेशले अनिललाई स्वकीय सचिवको जिम्मेवारीबाट हटाएका थिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)