प्रहरीले बुझायाे लेखासमिति सभापतिका पूर्वस्वकीयमाथिकाे अनुसन्धान प्रतिवेदन

Satya Sanchar सत्य सञ्चार

विराटनगर । प्रतिनिधिसभाकाे सार्वजनिक लेखा समितिका सभापति एवं नेकपा (एमाले)का नेता ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेलमाथि लागेकाे ठगी आराेपकाे अनुसन्धान सकेर प्रतिवेदन प्रहरीले सरकारी वकिलकाे कार्यालयमा बुझाएकाे छ ।

  पक्राउ परेको १२ दिनमै अनुसन्धान सकेर प्रहरीले ठगी मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन मंगलबार वकिल कार्यालयमा बुझाएको हो ।

उनीविरुद्ध ठगी आरोपमा पक्राउ पुर्जी जारी भएको थियो । पुस २५ गते पक्राउ परेका उनीमाथि प्रहरीले चाँडै अनुसन्धान सकेको छ ।

प्रहरीले बुझाएको मिसिलको अध्ययन भइरहेको सरकारी वकिल कार्यालयले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा मिसिल बुझाइएको जानकारी दिए । ‘अनुसन्धानका क्रममा दुवै पक्षसँग कुरा बुझियो । अनुसन्धान सकिएपछि ठगी मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइएको छ । थप प्रक्रिया उतैबाट अघि बढ्छ,’ उनले भने ।

मोरङको रंगेली नगरपालिका २ घर भइ काठमाडौंमा बस्दै आएका ४३ वर्षीय अनिल नेकपा (एमाले) मोरङका जिल्ला सदस्य हुन् । पार्टीको कोटामा एमबीबीएस भर्ना गरिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप उनीमाथि लागेको छ ।

एबीबीबीएसमा छोरीको नाम निकालिदिने आश्वानस दिएपछि पैसा बुझाएको बौआलालको भनाइ छ । तर, छोरीको नाम ननिस्किएपछि पैसा फिर्ता माग्दै उनी अनिलसँग पुगे । उल्टै आफूसँग जबरजस्ती ५० लाख रूपैयाँ ऋण लिएको कागज अनिलले बनाएको बौआलालको दाबी छ ।

बौआलालले आफू ठगीमा परेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । तर, प्रहरीले दर्ता गर्न मानेन । हुलाकमार्फत जाहेरी पठाएर उनले उच्च अदालत विराटनगरमा पनि रिट दायर गरेका थिए । उच्च अदालतले अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो । ठगी प्रकरणमा मुछिएकाे विवरण सार्वजनिक भएपछि ऋषिकेशले अनिललाई स्वकीय सचिवको जिम्मेवारीबाट हटाएका थिए ।

प्रकाशित मिति: बुधबार, ०९ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.