तेस्रो मुद्दाको बयानका लागि रुपन्देहीमा रवि लामिछाने

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । सहकारीको बचत अपचलन सम्बन्धी तेस्राे मुद्दाको बयानका लागि पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने भएका छन् ।

बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि बयानका लागि उनी आज अदालत उपस्थित हुन लागेका हुन् ।

लामिछाने यसअघि कास्की पोखराको सूर्यदर्शन सहकारीमा जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।

त्यसपछि कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा बयानका लागि काठमाडौं जिल्ला अदालत हाजिर भएका थिए ।

काठमाडौंमा पनि उनी ६० लाख रकम धरौटी बुझाएर छुटेका थिए ।

दुई मुद्दामा धरौटी बुझाएर छुटेका लामिछाने प्रतिवादी भएको मुद्दामा बयानपछि थुनछेक बहस हुनेछ ।

प्रकाशित मिति: बुधबार, ०९ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.