महिला विश्वकप : अस्ट्रेलियासँग खेल्दै नेपाल

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । मलेसियामा जारी आईसीसी यू–१९ महिला टी–२० विश्‍वकप २०२५ मा नेपालले आज अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै छ ।

मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा दिउँसो १२ः१५ बजेतिर नेपालले आफ्नो तेस्रो तथा समूहचरणको अन्तिम खेलमा बलियो प्रतिस्पर्धी अस्ट्रेलियाको सामना गर्नुपर्ने भएको हो । यसअघिको खेलमा बंगलादेश र स्कटल्याण्डसँग नेपाल पराजित भएको थियो ।

नेपालको कप्तानमा पुजा महतो तथा अस्ट्रेलियाको कप्तानमा लुसी हामिल्टन छन् । १६ टोली सम्मिलित विश्‍वकपमा समूह ‘डी’मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँगै रहेको नेपाल पहिलो खेलमा बंगलादेशसँग ५ विकेट र दोस्रो खेलमा स्कटल्याण्डसँग १ विकेटले पराजित भएको थियो । नेपालको महिला टोलीले सबै उमेर समूहमा अस्ट्रेलियासँग खेल्न लागेको यो नै पहिलोपटक हो ।

प्रकाशित मिति: बुधबार, ०९ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.