महिला विश्वकप : अस्ट्रेलियासँग खेल्दै नेपाल

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । मलेसियामा जारी आईसीसी यू–१९ महिला टी–२० विश्‍वकप २०२५ मा नेपालले आज अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै छ ।

मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा दिउँसो १२ः१५ बजेतिर नेपालले आफ्नो तेस्रो तथा समूहचरणको अन्तिम खेलमा बलियो प्रतिस्पर्धी अस्ट्रेलियाको सामना गर्नुपर्ने भएको हो । यसअघिको खेलमा बंगलादेश र स्कटल्याण्डसँग नेपाल पराजित भएको थियो ।

नेपालको कप्तानमा पुजा महतो तथा अस्ट्रेलियाको कप्तानमा लुसी हामिल्टन छन् । १६ टोली सम्मिलित विश्‍वकपमा समूह ‘डी’मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँगै रहेको नेपाल पहिलो खेलमा बंगलादेशसँग ५ विकेट र दोस्रो खेलमा स्कटल्याण्डसँग १ विकेटले पराजित भएको थियो । नेपालको महिला टोलीले सबै उमेर समूहमा अस्ट्रेलियासँग खेल्न लागेको यो नै पहिलोपटक हो ।

प्रकाशित मिति: बुधबार, ०९ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.