काठमाडौं । पानी माग्दै सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ (हर्कराज राई) सिंहदरबार पुगेका छन् । मंगलबार रित्तो गाग्रो बोकेर पुगेका उनी प्रवेश नपाएपछि गाग्रो बाहिरै राखेर सिंहदरबार प्रवेश गरेका थिए ।
खानेपानी माग गर्दै उनले खानेपानीमन्त्री प्रदीप यादवलाई भेटेका छन् । अर्थमन्त्री विष्णु पौडेललाई पनि भेटेका छन् । उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेट्न खोजेका थिए । तर प्रधानमन्त्री ओलीको व्यस्त सेड्युलका कारण उनले भेट्न पाएनन् ।
साम्पाङ धरानका बासिन्दाले भोगिरहेको खानेपानी समस्या समाधानको माग लिएर मंगलबार मन्त्रालय पुगेका हुन् ।
भेटका क्रममा मन्त्री यादवसँग साम्पाङले बजेट व्यवस्था गर्न माग गरे । खानेपानी लागि आवश्यक जग्गा प्राप्तिको जिम्मा धरान उपमहानगरपालिकाले लिने र बाँकी काम संघीय सरकारले गर्नुपर्ने उनको माग छ । मन्त्री यादवले धरानको खानेपानी समस्याका विषयमा छलफल भएको बताए ।
‘म धरानवासीप्रति सधैं सकारात्मक छु,’ उनले भने,‘खानेपानीको समस्या समाधानका लागि एकीकृत खानेपानी आयोजनाअन्तर्गत एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा यस वर्षभित्र खानेपानी सम्बन्धी टेण्डर आह्वान गर्ने प्रतिबद्धता व्यक्त गरेको छु ।’
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,668)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)