प्रतिनिधिसभाको हिउँदे अधिवेशन आह्वान

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को हिउँदे अधिवेशन आह्वान गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले यही माघ १८ गते अधिवेशन आह्वान गरेका हुन् ।

सोमबार मन्त्रिपरिषद् १८ गते बैठकले अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको थियो ।

संसद् अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति: मङ्गलबार, ०८ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.