काठमाडौं । डोनाल्ड ट्रम्पले शपथ ग्रहण गरेका छन् । ४७ औं अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका हुन् । शपथपछिको भव्य समारोहलाई सम्बोधन गर्दै उनले अमेरिकाको स्वर्णयुग सुरु भएको बताए ।
‘यो नयाँ युग अमेरिकाको आर्थिक र सामाजिक सुधारसँगै राजनीतिक क्षेत्रको नयाँ दिशा तय गर्ने समय हो,’ उनले भने, ‘यस समारोहले अमेरिकी लोकतन्त्रको महत्वलाई पुनः प्रमाणित गर्दै, देशको आगामी यात्रा र नेतृत्वको एक नयाँ अध्यायको शुरुआत गरेको छ ।’
उनले अमेरिकालाई प्राथमिकता दिएर काम गर्ने बताए । ‘आजबाट अमेरिकाको स्वर्ण युग सुरु हुँदै छ । हाम्रो देश अब समृद्ध र सम्मानित हुनेछ,’ उनले भने,‘म स्पष्टसँग भन्न चाहन्छु कि सधैं अमेरिकालाई प्राथमिकता दिनेछु ।’
अमेरिकालाई एक शक्तिशाली र समृद्ध राष्ट्रको रूपमा पुनः उभ्याउने भन्दै उनले अमेरिकाको प्रगतिका लागि कडा प्रयास गर्ने र नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे । त्यसका लागि सबै अमेरिकी नागरिकलाई एकताबद्ध भएर काम गर्न उनले आह्वान गरे । राष्ट्रपति ट्रम्पको शपथ ग्रहणपछि उपराष्ट्रपति जेडी भान्सले पनि शपथ ग्रहण गरे ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,457)
जीवन विकासले बोलायो साधारणसभा (2,421)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,380)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,367)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,235)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,171)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,585)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,562)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,127)