टी– २० विश्‍वकप : स्कटल्याण्डसँग खेल्दै नेपाल

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । आईसीसी यू– १९ महिला टी– २० विश्‍वकप २०२५ मा नेपालले आज स्कटल्याण्डसँग खेल्दै छ । पहिलो खेलमा बंगलादेशसँग पराजित भएको नेपालले स्कटल्याण्डसँग खेल्न लागेको हो ,

यो खेल मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि सुरू हुनेछ । नेपालको कप्तानमा पुजा महतो तथा स्कटल्याण्डको कप्तानमा नियाम मुइर छन् ।

नेपालले पहिलो खेलमा बंगलादेशसँग हार व्यहोरेको थियो । स्कटल्याण्डले पहिलो खेलमा बलियो टोली अस्ट्रेलियासँग ९ विकेटको हार व्यहोरेको थियो । आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण छ ।

प्रकाशित मिति: सोमबार, ०७ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.