कोशीको छैठाैं अधिवेशन आजबाट, यस्तो छ पहिलाे बैठककाे कार्यसूची

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेश सभाकाे हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । दिउँसो २ बजेबाट प्रदेशसभाकाे छैठाैं तथा हिउँदे अधिवेशन सुरु हुनेछ ।

गत असोज ४ गते कोशी प्रदेशको पाँचौं अधिवेशन अन्त्य भएको थियो । चार महिनापछि सुरु भएको अधिवेशनका लागि सरकारले १० वटा विधेयक प्रदेशसभामा पेश गर्ने तयारी गरेकाे छ ।

 प्रदेशसभा सचिवालयका अनुसार आजको बैठकका लागि कार्यसूचीमा पाँच वटा विषयहरु छन् ।

सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र बाचन गर्नेछन् । त्यसपछि केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ पेश हुनेछ । सभामुखबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेश अनुमोदनका लागि पेश गर्ने पनि कार्यसूची छ ।

मुख्य न्यायाधीवक्ताको काम कर्तव्य अधिकार र सेवाको शर्त सम्बन्धि ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक टेवल हुनेछ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुले आफ्नो मन्तब्य राख्ने पनि कार्यसूची रहेकाे प्रदेशसभा सचिवालयले जनाएकाे छ ।

 

प्रकाशित मिति: सोमबार, ०७ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.