कोशीको छैठाैं अधिवेशन आजबाट, यस्तो छ पहिलाे बैठककाे कार्यसूची

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेश सभाकाे हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । दिउँसो २ बजेबाट प्रदेशसभाकाे छैठाैं तथा हिउँदे अधिवेशन सुरु हुनेछ ।

गत असोज ४ गते कोशी प्रदेशको पाँचौं अधिवेशन अन्त्य भएको थियो । चार महिनापछि सुरु भएको अधिवेशनका लागि सरकारले १० वटा विधेयक प्रदेशसभामा पेश गर्ने तयारी गरेकाे छ ।

 प्रदेशसभा सचिवालयका अनुसार आजको बैठकका लागि कार्यसूचीमा पाँच वटा विषयहरु छन् ।

सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र बाचन गर्नेछन् । त्यसपछि केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ पेश हुनेछ । सभामुखबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेश अनुमोदनका लागि पेश गर्ने पनि कार्यसूची छ ।

मुख्य न्यायाधीवक्ताको काम कर्तव्य अधिकार र सेवाको शर्त सम्बन्धि ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक टेवल हुनेछ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुले आफ्नो मन्तब्य राख्ने पनि कार्यसूची रहेकाे प्रदेशसभा सचिवालयले जनाएकाे छ ।

 

प्रकाशित मिति: सोमबार, ०७ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.