खाे खाे विश्वकप : भारतले जित्याे दुवै उपाधि, नेपाल उपविजेता

Satya Sanchar सत्य सञ्चार

विराटनगर । प्रथम खो खो विश्वकपको फाइनलमा नेपालको महिला र पुरुष टोली नै उपविजेता बनेको छ । दुवै तर्फको उपाधि भारतले जितेको छ ।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा आइतबार राती भएको पुरुषतर्फको फाइनलमा नेपाल आयोजक भारतसँग ५४–३६ अन्तरले पराजित भएको हो । महिला तर्फको फाइनलमा पनि भारतसँग ७८– ४० ले पराजित भएको हो ।

पुरुष तर्फ भारतले दुवै इनिङ्समा नेपाललाई दबाबमा राखेको थियो । पहिलो इनिङ्समा भारतले अट्याकिङबाट २६ अंक जोडेको थियो । दोस्रो इनिङ्समा २८ अंक जोड्यो । नेपालले दुवै इनिङ्समा समान १८ अंक जोडेको थियो । पुरुषतर्फको उद्घाटन खेलमा पनि भारतले नेपाललाई पराजित गरेको थियो ।

भारतले महिला र पुरुष दुवै विधामा उपाधि जित्दा नेपाल भने दुवैमा उपविजेता बनेको हो । विश्वकपको कुनै पनि टिम गेममा नेपाल फाइनल पुगेको खो खो विश्वकप नै पहिलो हो ।

प्रकाशित मिति: आइतबार, ०६ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.