खाे खाे विश्वकप : भारतले जित्याे दुवै उपाधि, नेपाल उपविजेता

Satya Sanchar सत्य सञ्चार

विराटनगर । प्रथम खो खो विश्वकपको फाइनलमा नेपालको महिला र पुरुष टोली नै उपविजेता बनेको छ । दुवै तर्फको उपाधि भारतले जितेको छ ।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा आइतबार राती भएको पुरुषतर्फको फाइनलमा नेपाल आयोजक भारतसँग ५४–३६ अन्तरले पराजित भएको हो । महिला तर्फको फाइनलमा पनि भारतसँग ७८– ४० ले पराजित भएको हो ।

पुरुष तर्फ भारतले दुवै इनिङ्समा नेपाललाई दबाबमा राखेको थियो । पहिलो इनिङ्समा भारतले अट्याकिङबाट २६ अंक जोडेको थियो । दोस्रो इनिङ्समा २८ अंक जोड्यो । नेपालले दुवै इनिङ्समा समान १८ अंक जोडेको थियो । पुरुषतर्फको उद्घाटन खेलमा पनि भारतले नेपाललाई पराजित गरेको थियो ।

भारतले महिला र पुरुष दुवै विधामा उपाधि जित्दा नेपाल भने दुवैमा उपविजेता बनेको हो । विश्वकपको कुनै पनि टिम गेममा नेपाल फाइनल पुगेको खो खो विश्वकप नै पहिलो हो ।

प्रकाशित मिति: आइतबार, ०६ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.