काेशीकाे हिउँदे अधिवेशनलाई विजनेश पर्याप्त

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले प्रदेश सभाको हिउँदे अधिवेशनमा विजनेस अभाव नहुने बताएका छन् ।

प्रदेश सभाको हिउँदे तथा छैटौं अधिवेशन सोमबारदेखि सुरु हुँदैछ ।

आइतबार पत्रकार सम्मेलन गरी लिङ्थेपले अधिवेशनमा विजनेस अभाव नहुने बताएका हुन् ।

सत्तारूढ दलका प्रमुख सचेतक लिङ्थेपले अधिवेशनमा सरकारले १० वटा विधेयक पेस गर्ने जानकारी दिए । ६ वटा नयाँ विधेयक र ४ वटा संशोधन तयार रहेको बताउँदै उनले भने, ‘दुई महिनालाई विधेयक अभाव हुने छैन ।’

प्रकाशित मिति: आइतबार, ०६ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.