विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्र पहिलो दल बन्ने दाबी गरेका छन् ।
मोरङको ग्रामथान गाउँपालिकामा पुष्पलाल चाेक- विराटचाेक सडककाे आधाखण्ड अवरुद्ध गरी आयोजित धन्यवाद तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले माओवादी पहिलो पार्टी बन्ने बताएका हुन् ।
गत मंसिर १५ मा भएको उपनिर्वाचनमा ग्रामथान माओवादी केन्द्रले जितेको थियो । पालिकामा धन्यवाद दिन आएका प्रचण्डले जनतामा माओवादीप्रति उत्साह जागेको दाबी गर्दै २०८४ को निर्वाचनमा पहिलो दल बन्ने बताएका हुन् ।
‘हामी १ सय २२ ठाउँमा स्थानीय तहमा जितेका थियौं । गएको उपनिर्वाचनमा ग्रामथानले त्यसलाई १ सय २३ ठाउँ पुगेको छ,’ प्रचण्डले भने, ‘अब त्यो १ सय २३ लाई हामी २ सय ५० बनाउनेछौं । अबको निर्वाचनमा माओवादी पहिलो दल बन्नेछ । यसमा कसैले रोक्न सक्दैन ।’
गत मंसिर १६ को उपनिर्वाचनमा ग्रामथानबासीले माओवादी केन्द्रलाई ठूलो गुण लगाएको बताउँदै उनले अब आउने चुनावमा २०६४ कै अवस्थामा फर्काउन आग्रह गरे ।
‘हामीले २०६४ मा जनताको मत पाएर पनि पार्टीलाई एकताबद्ध राख्न सकेनौं, जनताको विश्वास कायम राख्न नसकेकै हौं,’उनले भने,‘त्यतिबेलाको जनमत र आजको जस्तो हाम्रो सुझबुझपूर्ण चेतना र शैली मिल्यो भने अब हामी नेपाललाई राजनीतिक परिवर्तनको पूर्ण अनुभूति गराउने छौं, हामी धेरै कुरा सम्झेर तपाइँहरुसमक्ष आएका छौं, तपाईहरुलाई पनि २०६४ साल सम्झिदिन अपिल गर्दछु ।’
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)