ग्रामथान पुगेर प्रचण्डले भने,‘अबकाे निर्वाचनमा माओवादी केन्द्र पहिलाे दल बन्छ’

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्र पहिलो दल बन्ने दाबी गरेका छन् ।

मोरङको ग्रामथान गाउँपालिकामा पुष्पलाल चाेक- विराटचाेक सडककाे आधाखण्ड अवरुद्ध गरी आयोजित धन्यवाद तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले माओवादी पहिलो पार्टी बन्ने बताएका हुन् ।

गत मंसिर १५ मा भएको उपनिर्वाचनमा ग्रामथान माओवादी केन्द्रले जितेको थियो । पालिकामा धन्यवाद दिन आएका प्रचण्डले जनतामा माओवादीप्रति उत्साह जागेको दाबी गर्दै २०८४ को निर्वाचनमा पहिलो दल बन्ने बताएका हुन् ।

‘हामी १ सय २२ ठाउँमा स्थानीय तहमा जितेका थियौं । गएको उपनिर्वाचनमा ग्रामथानले त्यसलाई १ सय २३ ठाउँ पुगेको छ,’ प्रचण्डले भने, ‘अब त्यो १ सय २३ लाई हामी २ सय ५० बनाउनेछौं । अबको निर्वाचनमा माओवादी पहिलो दल बन्नेछ । यसमा कसैले रोक्न सक्दैन ।’

गत मंसिर १६ को उपनिर्वाचनमा ग्रामथानबासीले माओवादी केन्द्रलाई ठूलो गुण लगाएको बताउँदै उनले अब आउने चुनावमा २०६४ कै अवस्थामा फर्काउन आग्रह गरे ।

‘हामीले २०६४ मा जनताको मत पाएर पनि पार्टीलाई एकताबद्ध राख्न सकेनौं, जनताको विश्वास कायम राख्न नसकेकै हौं,’उनले भने,‘त्यतिबेलाको जनमत र आजको जस्तो हाम्रो सुझबुझपूर्ण चेतना र शैली मिल्यो भने अब हामी नेपाललाई राजनीतिक परिवर्तनको पूर्ण अनुभूति गराउने छौं, हामी धेरै कुरा सम्झेर तपाइँहरुसमक्ष आएका छौं, तपाईहरुलाई पनि २०६४ साल सम्झिदिन अपिल गर्दछु ।’

प्रकाशित मिति: शनिबार, ०५ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.