विश्वकपकाे पहिलाे खेलमा बंगलादेशसँग हार्याे नेपाल

Satya Sanchar सत्य सञ्चार

विराटनगर । आईसीसी यू– १९ महिला टी– २० विश्‍वकपको डेब्यू खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ ।

नेपालले दिएको ५३ रनको लक्ष्य बंगलादेशले १३.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।

बंगलादेशका लागि सादिया अक्तरले १६ रन बनाइन् । कप्तान सुमैया अक्तरले १२ रन बनाइन्  । अफिया अशिमाले अविजित ९ रन बनाइन् ।  नेपालका लागि रचना चौधरी, रिया शर्मा, पुजा महतो र सिमाना केसीले एक–एक विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १० बल अगावै ५२ रनमा अलआउट भएको थियो । नेपालका लागि सना प्रवीनले सर्वाधिक १९ रन बनाइन् । सिमाना केसीले १० रन बनाइन् ।

बंगलादेशका लागि जन्नतुल माउवाले २ विकेट लिँदा फाहोमिदा चोया, निशिता अक्तर र अनिसा अक्तरले १–१ विकेट लिए । नेपालका पाँच ब्याटर रनआउट भएका थिए । नेपालले दोस्रो खेल  स्कटल्याण्डसँग सोमबार खेल्ने‍ छ ।

प्रकाशित मिति: शनिबार, ०५ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.