विश्वकपकाे पहिलाे खेलमा बंगलादेशसँग हार्याे नेपाल

Satya Sanchar सत्य सञ्चार

विराटनगर । आईसीसी यू– १९ महिला टी– २० विश्‍वकपको डेब्यू खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ ।

नेपालले दिएको ५३ रनको लक्ष्य बंगलादेशले १३.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।

बंगलादेशका लागि सादिया अक्तरले १६ रन बनाइन् । कप्तान सुमैया अक्तरले १२ रन बनाइन्  । अफिया अशिमाले अविजित ९ रन बनाइन् ।  नेपालका लागि रचना चौधरी, रिया शर्मा, पुजा महतो र सिमाना केसीले एक–एक विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १० बल अगावै ५२ रनमा अलआउट भएको थियो । नेपालका लागि सना प्रवीनले सर्वाधिक १९ रन बनाइन् । सिमाना केसीले १० रन बनाइन् ।

बंगलादेशका लागि जन्नतुल माउवाले २ विकेट लिँदा फाहोमिदा चोया, निशिता अक्तर र अनिसा अक्तरले १–१ विकेट लिए । नेपालका पाँच ब्याटर रनआउट भएका थिए । नेपालले दोस्रो खेल  स्कटल्याण्डसँग सोमबार खेल्ने‍ छ ।

प्रकाशित मिति: शनिबार, ०५ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.