विराटनगरमा प्रचण्डकाे ‘मनिङ्वाक’

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगरमा रहेका पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान ‘मनिङ्वाक’ गरेका छन् ।

बिहान ६ देखि ७ बजेसम्म उनले मनिङ्वाक गरेका हुन् । मर्निङवाक पछि उनले कार्यकर्ता भेटघाट तथा छलफल गरेका छन् । जिल्ला दौडाहाको क्रममा रहेका प्रचण्डले अन्य क्षेत्रमा पुगेका बेला पनि कार्यकर्तासँग ‘मनिङ्वाक गर्छन् ।

उनले आज बिहान ९ देखि १० बजेसम्म विराटनगर– १९ मा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालाको अनुगमन गर्ने कार्यक्रम छ ।

बिहान १० देखि ११ बजेसम्म होटल एसियाटिकमा न्यू सृष्टि दैनिकले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन् । त्यहाँ उनले भेटघाट पनि गर्नेछन् ।

त्यसपछि उनी ग्रामथानको तेतरियामा आयोजित बधाई ज्ञापन तथा खबरदारी सभामा १ बजे सहभागी हुने कार्यक्रम छ ।

गत मंसिरमा भएको उपनिर्वाचनमा ग्रामथान माओवादी केन्द्रले जितेको थियो । सोही क्षेत्रमा आयोजित कार्यक्रममा उनी सहभागी हुन लागेका हुन् । आज ४ बजे काठमाडौं फर्कने छन् ।

प्रकाशित मिति: शनिबार, ०५ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.