विराटनगर । विराटनगरमा रहेका पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान ‘मनिङ्वाक’ गरेका छन् ।
बिहान ६ देखि ७ बजेसम्म उनले मनिङ्वाक गरेका हुन् । मर्निङवाक पछि उनले कार्यकर्ता भेटघाट तथा छलफल गरेका छन् । जिल्ला दौडाहाको क्रममा रहेका प्रचण्डले अन्य क्षेत्रमा पुगेका बेला पनि कार्यकर्तासँग ‘मनिङ्वाक गर्छन् ।
उनले आज बिहान ९ देखि १० बजेसम्म विराटनगर– १९ मा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालाको अनुगमन गर्ने कार्यक्रम छ ।
बिहान १० देखि ११ बजेसम्म होटल एसियाटिकमा न्यू सृष्टि दैनिकले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन् । त्यहाँ उनले भेटघाट पनि गर्नेछन् ।
त्यसपछि उनी ग्रामथानको तेतरियामा आयोजित बधाई ज्ञापन तथा खबरदारी सभामा १ बजे सहभागी हुने कार्यक्रम छ ।
गत मंसिरमा भएको उपनिर्वाचनमा ग्रामथान माओवादी केन्द्रले जितेको थियो । सोही क्षेत्रमा आयोजित कार्यक्रममा उनी सहभागी हुन लागेका हुन् । आज ४ बजे काठमाडौं फर्कने छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,455)
जीवन विकासले बोलायो साधारणसभा (2,421)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,380)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,367)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,235)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,171)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,562)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,127)