विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन माग गरेका छन् । सरकारले देशलाई राजनीतिक दुर्घटना तर्फ लगेको बताउँदै उनले तत्काल अधिवेशन बोलाउन माग गरेका हुन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले दुई ठूला दलको सरकारले देशलाई राजनीतिक दुर्घटना तर्फ धकेलेको बताए ।
‘गएको छ महिनाको सरकारको क्रियाकलापले राजनीतिक दुर्घटना तर्फ लगेको छ,सदन बोलाउनुपर्नेमा अध्यादेश, त्यो अध्यादेश पनि यसरी संविधान र नियम मिचेर कानुन मिचेर ल्याइएको छ,’ उनले भने,‘सदनमा प्रस्तुत भएर समितिमा रहेको विधेयकलाई सदनबाट मात्रै फिर्ता गर्न सकिन्छ, संसदीय समितिमा रहेको विधेयकलाई पनि अध्यादेशमा ल्याउने कुराले सरकारले देशलाई राजनीतिक दुर्घटना तर्फ धकेल्दैछ भन्ने प्रष्ट देखियो ।’
उनले अध्यादेश फिर्ता लिएर विधेयकको रुपमा संसदमा पेश गर्न आग्रह गरे । तत्काल संसदको अधिवेशन बोलाउन पनि माग गरे । ‘तुरुन्त अधिवेशन बोलाइयोस्, दुई तिहाई बहुमत छ भन्ने सरकारले सदनकै प्रक्रियाबाट गए भै हाल्यो नि,’ उनले भने,‘ अलोकतान्त्रिक र स्वेच्छाचारी बाटो चाहिँ किन हिड्न पर्यो ।’
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)