सरकारले देशलाई राजनीतिक दुर्घटना तर्फ लग्यो, तुरुन्त अधिवेशन बोलाइयोस् : प्रचण्ड

Satya Sanchar सत्य सञ्चार

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन माग गरेका छन् । सरकारले देशलाई राजनीतिक दुर्घटना तर्फ लगेको बताउँदै उनले तत्काल अधिवेशन बोलाउन माग गरेका हुन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले दुई ठूला दलको सरकारले देशलाई राजनीतिक दुर्घटना तर्फ धकेलेको बताए ।

‘गएको छ महिनाको सरकारको क्रियाकलापले राजनीतिक दुर्घटना तर्फ लगेको छ,सदन बोलाउनुपर्नेमा अध्यादेश, त्यो अध्यादेश पनि यसरी संविधान र नियम मिचेर कानुन मिचेर ल्याइएको छ,’ उनले भने,‘सदनमा प्रस्तुत भएर समितिमा रहेको विधेयकलाई सदनबाट मात्रै फिर्ता गर्न सकिन्छ, संसदीय समितिमा रहेको विधेयकलाई पनि अध्यादेशमा ल्याउने कुराले सरकारले देशलाई राजनीतिक दुर्घटना तर्फ धकेल्दैछ भन्ने प्रष्ट देखियो ।’

उनले अध्यादेश फिर्ता लिएर विधेयकको रुपमा संसदमा पेश गर्न आग्रह गरे । तत्काल संसदको अधिवेशन बोलाउन पनि माग गरे । ‘तुरुन्त अधिवेशन बोलाइयोस्, दुई तिहाई बहुमत छ भन्ने सरकारले सदनकै प्रक्रियाबाट गए भै हाल्यो नि,’ उनले भने,‘ अलोकतान्त्रिक र स्वेच्छाचारी बाटो चाहिँ किन हिड्न पर्यो ।’

प्रकाशित मिति: शुक्रबार, ०४ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.