विराटनगर । विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण भइरहेको छ ।
दुई वर्षअघि निर्माण सुरु भवनको काम आधा भन्दा कम सकिएको छ । भवन बनेपछि प्रयोगमा रहेको ६० वर्ष पुरानो टर्मिनल भवन भत्काइनेछ । अहिले टर्मिनल रहेकाे स्थानलाई पार्किङ वे बनाउने तयारी छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले ३ अर्ब १२ करोड रुपैयाँ लागतमा अत्याधुनिक र सुविधासम्पन्न टर्मिनल भवन निर्माण गरिरहेको हो ।
टर्मिनल भवनपछि धावनमार्ग विस्तार हुनेछ । प्राधिकरणका इन्जिनियर सञ्जीव खड्काका अनुसार दुई वर्षमा ४५ प्रतिशत हाराहारीमा काम सकिएको छ । अबको एक वर्ष अर्थात आगामी २०८२ पुसभित्र निर्माण सक्ने लक्ष्य छ ।
टर्मिनल भवन निर्माणको ठेक्का केसी, डाँफे जेभीले पाएको थियो । १६ हजार ५ सय ९० वर्ग मिटर क्षेत्रफलमा निर्माण भइरहेको भवनमा १७ वटा टिकट काउन्टर, २४ वटा पसल, चारवटा रेस्टुरेन्ट, सम्मेलन कक्ष, तीनवटा भीआईपी कक्ष, बाल उद्यान, स्तनपान कक्षजस्ता सुविधा हुनेछ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,668)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)