पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्याे

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएकाे छ । आज रातिबाट लागु हुनेगरी पेट्रोलमा प्रति लिटर २, डिजेल र मट्टीतेलमा प्रति लिटर ३ रुपैयाँ मूल्य बढाएको हो ।

इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा २ रुपैयाँ २४ पैसा र डिजेलमा ३ रुपैयाँ ५५ पैसा बढेर आएको निगमले जनाएको छ ।

मूल्य  बढेसँगै १६० रुपैयाँ ५० पैसा प्रति लिटर (पहिलो वर्ग) पेट्रोलको मूल्य १६२ रुपैयाँ ५० पैसा पुगेको छ । दोस्रो वर्ग अन्तर्गत १६२ रुपैयाँ पर्ने प्रतिलिटर पेट्रोलको मूल्य १६४ रुपैयाँ पुगेको छ । तेस्रो वर्ग अनुसार १६३ रुपैयाँ पर्ने पेट्रोलको मूल्य १६५ रुपैयाँ पुगेको छ ।

प्रतिलिटर १५० रुपैयाँ ५० पैसा (पहिलो वर्ग) पर्ने डिजेलको मूल्य १५३ रुपैयाँ ५० पैसा पुगेको छ । दोस्रो वर्गमा १५२ रुपैयाँ पर्ने प्रतिलिटर डिजेल १५५ रुपैयाँ र तेस्रो वर्गमा १५३ रुपैयाँ पर्ने डिजेल १५६ रुपैयाँ पुगेको छ । र मट्टीतेलको मूल्य पनि डिजेलको बराबर छ ।

प्रकाशित मिति: बुधबार, ०२ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.