काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले सहकारी ठगी मुद्दामा दुई जिल्लामा एक करोड २५ लाख धरौटी बुझाएका छन् ।
कास्की र काठमाडौं जिल्ला अदालतमा सहकारीको बचत अपचलन मुद्दामा उनले एक करोड २५ लाख धरौटी बुझाएका हुन् ।
बिहीबार सूर्यदर्शन सहकारीको बचत अपचलन, संगठीत अपराध र सम्पति शुद्धिकरण मुद्दामा लामिछाने ६५ लाख धरौटी बुझाएर छुटेका थिए ।
आइतबार स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन मुद्दाको बयानका लागि हाजिर भएका लामिछाने थुनछेक बहसपछि बुधबार ६० लाख धरौटी बुझाएर छुटे छन् ।
उनीविरुद्ध अब रुपन्देही, चितवनमा पनि सहकारी ठगीको अनुसन्धान भइरहेको छ ।
इलाका प्रहरी कार्यालय, बुटवलले अनुसन्धान गरेर रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले पनि उनी जोडिएको साहारा चितवन सहकारी प्रकरणमा अनुसन्धान गरिरहेको छ ।
बुधबार काठमाडौंको स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताले राखेको १ अर्ब १९ करोड रुपैयाँ अनियमितता प्रकरणमा रास्वपा सभापति लामिछाने ‘कसुरदार छैनन् भन्न सकिएन’ भन्दै धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो ।
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीले आदेश गरेसँगै त्यस बराबरको बैंक ग्यारेन्टी बुझाएर लामिछाने हिरासतमुक्त भएका थिए । पोखरामा पनि उनी बैंक जमानत बुझाएर छुटेका थिए ।
लामिछानेले बुधबार छुटेपछि न्यायालयलाई धन्यवाद दिएका छन् । ‘न्याय प्रक्रियालाई सघाउन आएको भनेको थिएँ । अदालतप्रति एकदमै सम्मान व्यक्त गर्न चाहन्छु’, उनले भनेका छन्, ‘न्यायप्रेमी जनतालाई धन्यवाद दिन चाहन्छु ।’
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)