दुई जिल्लामा रविले बुझाए १ करोड २५ लाख धरौटी

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले सहकारी ठगी मुद्दामा दुई जिल्लामा एक करोड २५ लाख धरौटी बुझाएका छन् ।

कास्की र काठमाडौं जिल्ला अदालतमा सहकारीको बचत अपचलन मुद्दामा उनले एक करोड २५ लाख धरौटी बुझाएका हुन् ।

बिहीबार सूर्यदर्शन सहकारीको बचत अपचलन, संगठीत अपराध र सम्पति शुद्धिकरण मुद्दामा लामिछाने ६५ लाख धरौटी बुझाएर छुटेका थिए ।

आइतबार स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन मुद्दाको बयानका लागि हाजिर भएका लामिछाने थुनछेक बहसपछि बुधबार ६० लाख धरौटी बुझाएर छुटे छन् ।

उनीविरुद्ध अब रुपन्देही, चितवनमा पनि सहकारी ठगीको अनुसन्धान भइरहेको छ ।

इलाका प्रहरी कार्यालय, बुटवलले अनुसन्धान गरेर रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले पनि उनी जोडिएको साहारा चितवन सहकारी प्रकरणमा अनुसन्धान गरिरहेको छ ।

बुधबार काठमाडौंको स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताले राखेको १ अर्ब १९ करोड रुपैयाँ अनियमितता प्रकरणमा रास्वपा सभापति लामिछाने ‘कसुरदार छैनन् भन्न सकिएन’ भन्दै धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीले आदेश गरेसँगै त्यस बराबरको बैंक ग्यारेन्टी बुझाएर लामिछाने हिरासतमुक्त भएका थिए । पोखरामा पनि उनी बैंक जमानत बुझाएर छुटेका थिए ।

लामिछानेले बुधबार छुटेपछि न्यायालयलाई धन्यवाद दिएका छन् । ‘न्याय प्रक्रियालाई सघाउन आएको भनेको थिएँ । अदालतप्रति एकदमै सम्मान व्यक्त गर्न चाहन्छु’, उनले भनेका छन्, ‘न्यायप्रेमी जनतालाई धन्यवाद दिन चाहन्छु ।’

प्रकाशित मिति: बुधबार, ०२ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.