लामिछानेलाई धराैटीमा छाड्ने आदेश

Satya Sanchar सत्य सञ्चार

काठमाडौं ।  जिल्ला अदालत काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई  ६० लाख धरौटीमा छाड्न आदेश दिएको छ ।

स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाकाे रकम अपचलन मुद्दाको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीले इजलासले उनलाई ६० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो ।

गत बिहीबार जिल्ला अदालत कास्कीले ६५ लाख धराैटीमा छाड्ने आदेश दिएको थियाे ।

प्रकाशित मिति: बुधबार, ०२ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.