रवि लामिछानेको मुद्दामा आज थुनछेक बहस

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा आज पनि थुनछेक बहस हुँदैछ । सोमबार नसकिएको थुनछेक बहस आज हुने भएको हो ।

लामिछाने आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए । सोही दिन न्यायाधीश माधव अधिकारीको इजलासमा उनको बयान भएको थियो । सोमबारबाट थुनछेक बहस सुरु भएको थियो, तर बहस सकिएन् । मंगलबार सार्वजनिक बिदा परेकाले आज बाँकी थुनछेक बहस हुनेछ ।

उक्त मुद्दामा सोमबार सरकारी वकिल कार्यालयका तर्फबाट ११ जनाले बहस गरेका थिए । सरकारी वकिलको बहस सकिएको छ । लामिछानेका तर्फबाट आज बहस हुनेछ ।

प्रकाशित मिति: बुधबार, ०२ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.