अध्यक्षलाई प्रश्न गर्दा पूर्वसांसद बिमल कार्कीकाे पनि जिम्मेवारी खाेसियाे

Satya Sanchar सत्य सञ्चार

विराटनगर । एमाले नेता तथा पूर्वकोशी प्रदेश सांसद बिमल कार्की ६ महिनाका लागि निलम्बनमा परेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमा प्रश्न गर्दा उनी निलम्बनमा परेका हुन् ।

एमाले कोशी प्रदेश सचिव राजकुमार भण्डारीका अनुसार कार्कीलाई ६ महिनाका लागि पार्टीकाे जिम्मेवारीबाट हटाइएकाे छ ।

‘स्टाटस पनि निरन्तर लेख्नु भयो, अरु पनि कारण थिए,’ उनले भने,‘केही दिनअघि प्रदेश कमिटीको सचिवालय बैठकले ६ निलम्बन गर्ने निर्णय गरेको थियो, प्रदेश कमिटी बैठकले अनुमोदन गर्यो ।’

पुस २७ र २८ मा एमाले कोशी प्रदेश कमिटी बैठक बसेको थियो ।

पूर्वप्रदेश सांसद कार्की प्रदेश कमिटी सल्लाहकार र राष्ट्रिय प्रतिनिधि परिषद्को सदस्य हुन् ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीको कार्यशैलीबारे सामाजिक संजालमा आलोचना गरेपछि कार्कीलाई प्रदेश कमिटीले मंसिर १६ मा स्पष्टीकरण सोधेको थियो ।

कार्की २०७४ को प्रदेशसभा निर्वाचनमा उदयपुरको क्षेत्र नम्बर १ को १ बाट प्रदेश सांसद निर्वाचित भएका थिए । व्यापारी मीनबहादुर गुरूङले एमालेको पार्टी कार्यालयलाई जग्गा दिने र भवन पनि बनाइदिने विषयको आलोचना गरेपछि नेता भीम रावल पार्टीबाट निष्कासनमा परेका थिए । नेतृ विन्दा पाण्डे र उषाकिरण तिम्सिना   ६ महिनाका लागि निलम्बनमा परेका थिए ।

प्रकाशित मिति: बुधबार, ०२ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.