राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज, भूकम्पसम्बन्धी विविध सचेतनामूलक कार्यक्रम गरेर मनाइँदैछ ।

यस वर्ष ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरेर देशैभर दिवस मनाउन लागिएको हो ।

सहरी विकास तथा भवन निर्माण विभागका विभागका महानिर्देशक मचाकाजी महर्जनले भूकम्पबाट सुरक्षित रहन सुदृढ पूर्वतयारी गर्नुपर्ने र हाम्रा घर संरचनाहरु पनि बलियो बनाउनुपर्ने भूकम्पको मुख्य पाठ रहेको बताए ।

विसं १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको संझनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । त्यसबेला ८.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

विस १९९० को भूकम्पमा परी आठ हजार ८१९ जनाको मृत्यु भएको थियो । असी हजार घर भत्किएका थिए ।

यसैगरी विसं २०७२ वैशाख १२ गतेको भूकम्पमा परी आठहजार ६७० जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: बुधबार, ०२ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.