जीवन विकासको अध्यक्षमा बिक्रमराज सुवेदी

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्था सञ्चालक समितिको अध्यक्षमा बिक्रमराज सुवेदी चयन भएका छन् ।

आइतबार संस्थापक समूहबाट सुवेदीसँगै प्रकाशकुमार श्रेष्ठ, श्यामचन्द्र खतिवडा र इन्द्रनारायण देव वैश्य सञ्चालकमा निर्वाचित भएका थिए । आइतबार नै बसेको सञ्चालक समितिको बैठकबाट सुवेदी दोस्रो कार्यकालका लागि अध्यक्ष चयन भएका हुन् ।

जीवन विकासको संस्थापक समूहबाटको प्रतिनिधित्व गर्ने सुबेदी यसअघि पनि अध्यक्ष थिए ।

आइतबार केन्द्रीय कार्यालय कटहरीमा भएको छैंटौं साधारणसभामा संस्थापक समूहबाट चार सञ्चालक सदस्यका लागि पाँच जनाको उम्मेदवारी परेको थियो ।

निर्वाचनमा सुवेदीसँगै श्रेष्ठ, खतिवडा र देव विजयी भएका थिए । खतिवडा, श्रेष्ठ  र देव पनि दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

निर्वाचित सञ्चालक समितिको पदावधी चार वर्षको हुनेछ । सञ्चालकको निर्वाचनमा संस्थापक सेयर सदस्यहरुले मतदान गर्न पाउँछन् ।

सञ्चालकमा निर्वाचित सदस्य क्रमश : श्रेष्ठ, सुवेदी, देव र खतिवडा

जीवन विकास समाजद्धारा प्रवद्धित जीवन विकास लघुवित्त वित्तीय संस्थाले १६० वटा शाखा मार्फत ३१ जिल्लामा वित्तीय सेवा प्रवाह गरिरहेको छ ।

जीवन विकासको कुल सम्पति २८ अर्ब २२ करोड ९७ लाख ४ हजार छ । १० अर्ब ५३ करोड ३० लाख निक्षेप संकलन गरेको जीवन विकासले २७ अर्ब २१ करोड ४४ लाख  ५० हजार रुपैयाँ रुपैयाँ लगानी गरेको छ ।

प्रकाशित मिति: सोमबार, २९ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.